काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने धुर्व प्रसाद भट्टराईको तयारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने धुर्व प्रसाद भट्टराईको तयारी

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ५।

नेकपा एमालेको ११ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट धुर्व प्रसाद भट्टराईले  उम्मेद्वारी दिने तयारी गरेका छन ।

लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका भट्टराई पचासको दशकमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को सह सचिव रहेर निर्वाचन परिचालनमा सक्रिय रहेका रहेका थिए।

विगतमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई  बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज समेत रहिसकेका छन।

हाल सम्म नेकपा एमालेमा देखिएको विभाजन र विवादमा सधै पार्टीको पक्षमा उभीएको इतिहासको कदर यस पटक काठमाण्डौ क्षेत्र नं ४ का पार्टी सदस्यहरुले  महाधिवेसन प्रतिनिधिमा निर्वाचित गराउने विस्वास रहेको बताउने भट्टराई नेकपा एमाले काठमाण्डौ जिल्ला विभागको सचिव रहेर समेत कम गरिसकेका छन।

यहि मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटका लागि ९ गते उम्मेद्वारी दर्ता गरिने नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।