अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत

अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ५।

अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ (एपीडीसी अवार्ड) का उत्कृष्ट विद्यार्थीहरु विहीबार पुरस्कृत भएका छन् । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा उनीहरुलाई आकर्षक नगदसहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।
प्रतियोगितामा सृष्टी न्यौपाने पहिलो हुन सफल भइन् । उनले ५० हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा दोश्रो हुने अपर्णा कोइरालाले २५ हजार नदगसहित प्रमाणपत्र प्राप्त गरिन् । साथै तृतीय हुने अंकिता शर्माले १५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन् ।
साथसाथै सान्त्वना विवेक बासुकला र सुमी दुवाल श्रेष्ठले पाँंचपाँंच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई नेपाल इन्जिनियरिंग कलेज नेकका भाइस प्रिन्सिपल सहप्राध्उयापक मोहनध्वज केसीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
कार्यक्रममा कलेजका प्रशाशन प्रमुख श्रीमा शर्मा, सहप्राध्यापक एवं आर्किटेक्ट विभागका एचओडी राम सुवाल, सहप्राध्यापकहरु रक्षा रायमाझी, योजना तुलाधर, कृष्णप्रसाद भुजूलगायतले कार्यक्रमका विविध विषयमा चर्चा गरेका थिए ।
पुरस्कार वितरण समारोहमा सहभागी एसियन पेन्ट्सका शितल कटुवालका अनुसार यसवर्षको यो १३ संस्करण हो । ऐसिएन पेन्ट्सले प्रत्येक वर्ष इन्जिनियरिंग अध्ययन गरिरहेको विद्यार्थीहरुवीच प्रतियोगिता गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै आएको उनले जनाइन् ।

तपाइँको प्रतिक्रिया ।