श्री वीरेन्द्र माध्यमिक विद्यालयमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २४।
श्री वीरेन्द्र माध्यमिक विद्यालय, बेलबारी नगरपालिका–७, मोरङले रिक्त पदमा शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको २०८२ साल मंसिर १८ गतेको निर्णयअनुसार मञ्जुरी प्राप्त पदमा योग्य र इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको विद्यालयले जनाएको छ।
विज्ञापन नं. ०१/०८२ अनुसार मावि (विज्ञान विषय) तर्फको पदका लागि दरखास्त गर्न सकिनेछ। दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको छ।
मुख्य विवरणहरू यसप्रकार छन्:
-
पद: शिक्षक (विज्ञान)
-
तह: माध्यमिक (तृतीय)
-
विषय: विज्ञान
-
शैक्षिक योग्यता: विज्ञान विषयमा स्नातक (B.Sc.) वा सो सरह
-
अनुभव: माध्यमिक तहमा पढाउने अनुमति प्राप्त हुनुपर्ने
-
दरखास्त शुल्क: रु. १,०००
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
-
आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र
-
परीक्षा प्रकार: लिखित, अन्तरवार्ता र माइक्रोटिचिङ
-
आवश्यक कागजातहरू: शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, अनुमतिपत्र, फोटो र दरखास्त फारम
विद्यालयले योग्य उम्मेदवारहरूलाई तोकिएको समयमा सम्पूर्ण प्रमाणपत्रका साथ विद्यालयको प्रशासन शाखामा उपस्थित हुन अनुरोध गरेको छ।
दरखास्त सम्बन्धी थप जानकारीका लागि विद्यालयको इमेल birendramv322@gmail.com मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।
