बुढानिलकण्ठ नगर प्रहरीले गोमन सर्प (King Cobra) को उद्दार गर्यो
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
बुढानिलकण्ठ नगर प्रहरीले गोमन सर्प (King Cobra) को उद्दार गरेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा रहेको MBU Hill Cafe and Restaurant मा कार्तिक १७ गते १:५० बजे गोमन सर्प (King Cobra) को नगरपालिकाको उद्धार टोलीले सफलतापूर्वक उद्धार गरेको छ।
उद्धार पश्चात सर्पलाई मानव बस्तीबाट टाढा, सुरक्षित स्थानमा छाडिएको नगरपालिकाले जनाएको छ। उद्धार गरिएको सर्प किङ्ग कोब्रा (King Cobra) प्रजातिको रहेको पुष्टि गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाले गत ज्येष्ठ ३१ गते विज्ञहरूको सहयोगमा नगर प्रहरी बललाई एक दिने सर्प उद्धार तालिम प्रदान गरेको थियो। सो तालिमपछि हालसम्म नगर प्रहरी टोलीले ३२ वटा सर्पहरूलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा छाड्न सफल भएको बुढानिलकण्ठ नगर -प्रहरीले जानकारी दिएको छ। फोटो सौजन्य : बुढानिलकण्ठ न्युज
तपाइँको प्रतिक्रिया ।
