शिक्षक, कर्मचारी र अभिभावकसहित संस्कृति स्कुल परिवारद्वारा ‘परान’ दृश्यावलोकन
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो चलचित्रलाई विशेष चासोका साथ हेरिएको छ । फिल्मले पारिवारिक दर्शकहरूलाई केन्द्रमा राखेपनि, सबै उमेर र वर्गका दर्शकमा समान आकर्षण पैदा गरेको देखिन्छ ।
डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) द्वारा निर्देशित ‘परान’ फिल्मको कथा स्वयं आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र देशका प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा.लि. द्वारा निर्माण गरिएको हो ।
फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना कर्मचारीहरूबीच आपसी आत्मीयता, सामूहिक भावना र नेपाली सिनेमा तथा संस्कृतिप्रतिको समझदारी बढाउने उद्देश्यले आयोजना गरेको यो चलचित्र प्रदर्शन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको विद्यालय प्रशासनले जनाएको छ ।
