कान्ति माध्यमिक विद्यालयमा शिक्षक माग !

कान्ति माध्यमिक विद्यालयमा शिक्षक माग !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ६।

रुपन्देही जिल्लाको बुटवल–४ स्थित कान्ति माध्यमिक विद्यालयले विभिन्न विषयका शिक्षकका पदहरू पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले मिति २०८२ असोज ३१ गते प्रकाशित सूचना अनुसार योग्य नेपाली नागरिकहरूबाट लिखित आवेदन माग गरेको हो।

विद्यालयमा भौतिक विज्ञान, गणित, विज्ञान र होस्टल वॉर्डेन (पुरुष) पदका लागि आवेदन खुला गरिएको छ।

पद विवरणः

क्र.सं. तह (कक्षा) विषय आवश्यक संख्या न्यूनतम शै. योग्यता किफायत
माध्यमिक (कक्षा ९–१२) भौतिक विज्ञान १ जना सम्बन्धित विषयमा स्नातकोत्तर दिवा समय पूर्णकालीन
माध्यमिक (कक्षा ९–१२) गणित १ जना सम्बन्धित विषयमा स्नातकोत्तर दिवा समय पूर्णकालीन
माध्यमिक (कक्षा ९–१०) विज्ञान १ जना सम्बन्धित विषयमा स्नातक दिवा समय पूर्णकालीन
होस्टल वॉर्डेन (पुरुष) १ जना कक्षा १२ उर्त्तीण पूर्णकालीन

दरखास्त विवरणः

  • परीक्षा शुल्क: रु. १,००० (एक हजार मात्र)

  • दरखास्त दिने अन्तिम मिति: २०८२ कार्तिक २३ गते बिहिबार दिउँसो ४ बजेसम्म

  • परीक्षा मिति: २०८२ कार्तिक २४ गते शुक्रबार बिहान १० बजे

  • परीक्षा प्रकार: लिखित, अन्तर्वार्ता तथा कक्षा अवलोकन

  • सेवा तथा सुविधा: विद्यालयको नियम अनुसार

  • उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

इच्छुक उम्मेदवारहरूले शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभव प्रमाणपत्र (भएमा) र पासपोर्ट साइजको फोटो सहित आवेदन दिन सक्नेछन्।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्वालीका अनुसार योग्य र अनुभवी उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।

थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।
सम्पर्क नम्बर: ९८५७०२६६६७

तपाइँको प्रतिक्रिया ।