प्रमुख प्रशासकीय अधिकृतहरूका लागि मन्त्रालयको जरुरि सुचना !

प्रमुख प्रशासकीय अधिकृतहरूका लागि मन्त्रालयको जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,असोज २२।

संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी तहमा घटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूका कारण विभिन्न स्थानीय तहमा प्रशासकीय कामकाजमा समस्या उत्पन्न भएको गुनासो बढेपछि आवश्यक व्यवस्था मिलाउन मन्त्रालय/आयोग/सचिवालय/निकाय (सबै) र सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।

मन्त्रालयका अनुसार, प्रमुख प्रशासकीय अधिकृत (प्रमुख प्रशासकीय अधिकृत) पदमा कार्यरत केही कर्मचारीहरूलाई हालैको निर्णयअनुसार घटाइएकाले स्थानिय तहमा नियमित काम कारबाहीमा असर पर्न थालेको छ। यससँगै प्राकृतिक विपत्तिजन्य कारणले समेत प्रशासनिक गतिविधि प्रभावित भएको गुनासो स्थानीय तहहरूबाट मन्त्रालयमा आएको थियो।

यस्तो अवस्थामा आवश्यक कार्य सञ्चालन प्रभावित नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायमा कार्यरत घटाइएका कर्मचारीहरूको पत्र पाएको मितिले सात दिनभित्र पुनः पठाउने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले यस सम्बन्धमा २०७८/०६/२१ गतेको निर्णय अनुसार तत्कालीन कार्यान्वयनमा जाने गरी सबै निकायलाई पत्राचार गरेको जनाएको छ।

तपाइँको प्रतिक्रिया ।