बाल विकास बोर्डिङ हाइ स्कुल प्रदेशगत चित्रकला प्रतियोगितामा उत्कृष्ट 

बाल विकास बोर्डिङ हाइ स्कुल प्रदेशगत चित्रकला प्रतियोगितामा उत्कृष्ट 

कपन अनलाइन

काठमाडौं , असोज १४ ।

काठमाडौँ जिल्लाको बूढानीलकण्ठमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलकी कक्षा २ मा अध्ययनरत छात्रा सैल्यान  लामाले बाग्मती प्रदेशगत चित्रकला  प्रतियोगिता-२०८२को अन्तिम चरणमा ‘Best Colouring and Drawing Award’प्राप्त  गरी ऐतिहासिक जित हासिल गरेकी छन् । लगभग ५० वटा विद्यालयका ३०० विद्यार्थीले सहभागिता जनाएका उक्त प्रतियोगितामा उत्कृष्ट बन्न सफल भएकी उनले नगद पुरस्कार एक हजार रुपैयाँ , प्रमाणपत्र , पदक र टिसर्ट प्राप्त गरेकी छन् ।

विद्यालयको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी सैल्यानलाई विद्यालयको प्रतिष्ठा बढाउने काम गरेकोमा विद्यालयको तर्फबाट पनि अभिभावकसहित सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।