सुनापति गाउँपालिकामा जनस्वास्थ्य अधिकृत पदको लागि दरखास्त आह्वान
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
सुनापति गाउँपालिकाले सेवा करारमा जनस्वास्थ्य अधिकृत पदमा कर्मचारी माग गरेको छ। गाउँपालिकाको स्वास्थ्य तथा जनसंख्या शाखा अन्तर्गत सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसार एक पदका लागि दरखास्त आह्वान गरिएको हो।
गाउँपालिकाले प्रकाशित सूचना अनुसार सो पदमा आवेदन दिन इच्छुकले कम्तीमा सार्वजनिक सेवा आयोगबाट मान्यता प्राप्त स्नातक तहको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ। आवेदन दिने अन्तिम मिति २०८२ साउन १९ गते तोकिएको छ।
पद विवरण :
-
विज्ञापन नं.: ०१-०८२/०८३
-
पद: जनस्वास्थ्य अधिकृत
-
तह: सातौं
-
पद संख्या: १
-
आवेदन शुल्क: रु. १५००
आवश्यक कागजातसहित दरखास्त दिने उम्मेदवारले फाराम गाउँपालिकाको कार्यालयमा वा आधिकारिक वेबसाइटबाट डाउनलोड गरी पेश गर्न सक्नेछन्। फाराम पेश गर्दा नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र, पासपोर्ट साइजका फोटो, दर्ता प्रमाणपत्र लगायतका कागजात संलग्न गर्नुपर्नेछ।
दरखास्त दर्ता शुल्क सुनापति गाउँपालिकाको नाममा राखिएको कृषि विकास बैंकको खातामा जम्मा गर्न सकिने सूचना जारी गरिएको छ।
गाउँपालिकाले छनोट प्रक्रिया लिखित वा अन्तरवार्तामार्फत हुने जानकारी दिएको छ।
