ज्ञान निकेतन र टीआईए फाइनलमा

ज्ञान निकेतन र टीआईए फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

ज्ञान निकेतन र टीआईए ३१ औं ज्ञान कार्निभल अन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
ज्ञान निकेतनले बाल दीक्षा सदनलाई ६१–४९ ले पराजित ग¥यो । ज्ञान निकेतनका सवाज मन्सुरले २० अंक जोडे । टीआईएले रेडियन्ट पब्लिकलाई ५७–५२ ले हरायो । टीआईएका रोशन नगरकोटीले ३० स्कोर गरे ।
खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भइरहेको कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा रिब्स र मल्पी इन्टरनेसनल उपाधिका लागि भिड्ने भएका छन् ।
रिब्सले दीक्षालयलाई ३३–१३ ले पाखा लगायो । रिब्सकी सुप्रिया मल्लले १६ स्कोर गरिन् । मल्पीले रेडियन्ट पब्लिकलाई २५–१८ ले पन्छायो । मल्पीकी प्रणवी राणाले १३ अंक जोडिन् । फाइनल मंगलबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।