श्री यज्ञमती माध्यमिक विद्यालय बुढानिलकण्ठ -११ मा शिक्षक आवस्यकता !

श्री यज्ञमती माध्यमिक विद्यालय बुढानिलकण्ठ -११ मा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहीको  श्री यज्ञमती माध्यमिक विद्यालयले मावि तहको  विज्ञान र गणित विषयका लागि  दरखास्त आह्वान गरेको छ।

विद्यालयले प्रकाशित गरेको विज्ञापन नं. ०२३/०८२/०८३ अनुसार माध्यमिक तह (मा.वि. तृतीय) को लागि  विज्ञान र गणित  विषयको १/१  जना शिक्षक आवश्यक रहेको उल्लेख गरिएको  छ।

दरखास्त दिन चाहने उम्मेदवारले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको, अध्यापन अनुमति पत्र प्राप्त गरेको, र नेपाल सरकारको प्रचलित नियम अनुसारको योग्यता पुरा गरेको हुनुपर्नेछ।

आवेदन दिनको लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त बुझाउने अन्तिम मिति २०८२ भदौ २७ गते कार्यालय समयभित्र तोकिएको छ।

आवेदन शुल्क रु. १,००० तोकिएको छ र परीक्षा लिखित, मौखिक तथा प्राविधिक मूल्याङ्कनका आधारमा हुने विद्यालयले जनाएको छ।

इच्छुकले नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अध्यापन अनुमति पत्र लगायतका आवश्यक कागजात संलग्न गरी विद्यालयमा वा इमेल yagyamatishool@gmail.com मा पेश गर्न सक्नेछन्।

थप जानकारीका लागि विद्यालयको सम्पर्क नम्बर ०१-५२२२०१८ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।