बुढानीलकण्ठ नगरपालिका-३ चपली चोकमा गम्भीर दुर्घटना, एक जनाको मृत्यु
कपन अनलाइन
काठमाडौं , भाद्र ११।
बुढानीलकण्ठ नगरपालिका-३ चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ रहेका छन् ।
उनले चलाएको बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबार राति सवा ९ बजेतिर दुर्घटना भएको थियो । अनियन्त्रित मोटरसाइकल बा२ज ४९११ नम्बरको ट्याक्सीमा समेत ठोक्किन पुगेको थियो ।
तपाइँको प्रतिक्रिया ।
