बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिए
कपन अनलाइन
काठमाडौँ, साउन २०।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्।
को-को भए मन्त्री?
नेकपा (एमाले) बाट मन्त्री हुनेहरू;
१. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री
२. जयराम थापा, श्रम तथा रोजगार
३. भरतबहादुर केसी वन तथा वातावरण
४. मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री
५. विन्दु श्रेष्ठ, उद्योग मन्त्री
६. किरण थापा मगर, स्वास्थ्य मन्त्री
नेपाली कांग्रेसबाट;
१. कृष्णबहादुर तामाङ, खानेपानी मन्त्री
२. शिवराज अधिकारी, मन्त्रालय तोक्न बाँकी।
तपाइँको प्रतिक्रिया ।
