अखिल अनेम संघ, काठमाडौं  क्षेत्र नं. ४ को दोस्रो सम्मेलन सम्पन्न,को को बने पदाधिकारी?

अखिल अनेम संघ, काठमाडौं  क्षेत्र नं. ४ को दोस्रो सम्मेलन सम्पन्न,को को बने पदाधिकारी?

कपन अनलाइन

काठमाडौं,असार २९।

अखिल नेपाल महिला संघ, काठमाडौं  क्षेत्र नं. ४ को दोस्रो सम्मेलन सम्पन्न भएको छ।
काठमाडौं महानगरपालिका वडा-७ को ज्योति ब्यान्केटमा भएको सो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ।
उक्त सम्मेलनबाट क्षेत्रीय कमिटीको अध्यक्षमा रेणु गिरी निर्वाचित भएकी छन भने उपाध्यक्षमा लक्ष्मी पाठक र साबित्रा सिटौला निर्वाचित भएका छन।
काठमाडौं महानगरका ४ र बुढानिलकण्ठ नगरका ८ वडा रहेको क्षेत्रीय कमिटीको सचिवमा कल्पना श्रेष्ठ, सहसचिवमा गीता परिवार र  कोषाध्यक्षमा रमा कोइराला निर्वाचित भएका छन।
उक्त सम्मेलनमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।