बुढानीलकण्ठ नगरपालिकाका १० सामुदायिक स्वास्थ्य स्वयंसेविकाको विदाई
कपन अनलाइन
काठमाण्डौ ,असार २४।
बुढानीलकण्ठ नगरपालिकाद्वारा असार २३ गते आयोजित विशेष कार्यक्रममा ६० वर्ष उमेर पुगेका १० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गरिएको छ। दीर्घकालीन सेवाबाट अवकाश लिँदै गरेका उहाँहरूलाई दोसल्ला, मायाको चिनो तथा नगद उपहार प्रदान गरिएको हो। उहाँहरुलाई सम्मान स्वरुप नगरपालिकाको तर्फबाट जनही ५० हजार र संघीय सरकारको तर्फबाट २० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।
सम्मान तथा विदाई पाउनेहरुमा वडा नं. ३ का सुकुमाया श्रेष्ठ, वडा नं. ४ का धनमाया श्रेष्ठ, वडा नं. ०४ का गीता खड्का, वडा नं. ३ का सुकुमाया श्रेष्ठ, वडा नं. ०७ का उर्मिला बोगटी, वडा नं. ०८ का रमा धिताल, वडा नं. ११ जानुका पौडेल, वडा नं. ११ का विमला पौडेल, वडा नं. ११ का उर्मिला चालिसे, वडा नं. ११ का पुष्पा चालिसे र वडा नं. ०९ का सकुन्तला सापकोटा रहेका छन् ।
र्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, विभिन्न वडाका अध्यक्षहरू, जनस्वास्थ्यकर्मीहरू तथा स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
