काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद: क्योकुसिन करातेमा वडा २६ लाई सर्वाधिक ३ स्वर्ण

काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद: क्योकुसिन करातेमा वडा २६ लाई सर्वाधिक ३ स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

आयोजक काठमाडौं महानगरपालिका वडा २६ ले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत क्योकुसिन कराते (आईकेयु) मा सर्वाधिक ३ स्वर्ण जितेको छ । पुरुषको मात्र ५ स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा १२ ले समान १–१ स्वर्ण जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखीधन राई र खुला तौलसमूहमा धनबहादुर विकले आयोजकलाई स्वर्ण दिलाए । बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले पनि आफ्नै वडाका कैलाश राना मगर र धनबहादुरले काठमाडौं महानगरपालिका २५ का गोविन्द बस्याललाई पराजित गरे ।
पुरुष ३५ केजीमा क्योकुसिन बुदोका श्रृजन सुनुवारले काठमाडौं महानगरपालिका १२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका १२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए । शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

तपाइँको प्रतिक्रिया ।