राष्ट्रिय मुवाँथाई आजदेखि
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा एमेच्योरतर्फ जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा १३ र महिलामा ७ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रतियोगितामा ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा खेलाइने छ ।
तपाइँको प्रतिक्रिया ।
