तिरुपति कलेज र होटल पशुपति क्रिस्टलबीच समझदारीपत्रमा हस्ताक्षर
कपन अनलाइन
काठमाण्डौ ,असार २।
कपन बालुवाखानी स्थित तिरुपति कलेज र गाउशालास्थित फोर स्टार होटल पशुपति क्रिस्टलबीच होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको अन द जोब ट्रेनिङ (OJT) कार्यक्रमका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
“लर्न एन्ड अर्न” कार्यक्रम अन्तर्गत गरिएको यो सहकार्यले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावसायिक सीप सिक्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
उक्त MoU मा तिरुपति कलेजका संस्थापक/प्रिन्सिपल तेन्जिङ भोटिया र होटल पशुपति क्रिस्टलका जेनेरल सर्भीस म्यानेजर सङ्गे शेर्पाले हस्ताक्षर गरेका हुन्।
तपाइँको प्रतिक्रिया ।
