आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबलको क्वाटरफाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३१।
आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निब्ससंगै भ्याली पब्लिक ‘ए’ र ‘बी’, लालीगुराँस नेसनल एकेडेमी, न्युटन, फेरिल्यान्ड, हिमशिला र ग्रिनल्यान्डले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइजमा भ्याली पब्लिक, क्यान्भास बसन्त ऋतु, स्किब्स ‘ए’, टिम हसल, लालीगुराँस ‘ए’ र ‘बी’, फेरिल्यान्ड, हिमशिला, बीएमसीए, ग्रिनल्यान्ड, पारामाउन्ट एकेडेमी, नेसनल युनाइटेड, जेबी स्कुल, स्पोर्ट्स जोन, न्युटन तथा मन्जरीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।
ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम गरी ३६ टिम सहभागी छन् । दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
