विश्व वातावरण दिवसको अवसरमा Sunrise Boarding School मा पर्यावरणमैत्री कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४ ।
विश्व वातावरण दिवसको अवसरमा Sunrise Boarding Schoolले विभिन्न पर्यावरणमैत्री कार्यक्रमहरू आयोजना गर्यो।
विद्यार्थीहरूले वातावरण सम्बन्धी कविता र निबन्ध वाचन गरी कार्यक्रमलाई अझ अर्थपूर्ण र सन्देशमूलक बनाएका थिए। विद्यालयका प्रधानाध्यापक श्री भीम आचार्यज्यूले कार्यक्रमको उद्घाटन गर्दै रूख रोपण गर्नुभयो, जसले वातावरण संरक्षणप्रति विद्यालयको प्रतिबद्धता झल्काउँछ।
कनिष्ठ वर्गका विद्यार्थीहरूले विद्यालय परिसरमा फूल र फलफूलका बिरुवाहरू रोपे, जुन भविष्यप्रति सकारात्मक सोचको प्रतीक थियो।
त्यस्तै, वरिष्ठ वर्गका विद्यार्थीहरूले विद्यालय भित्र तथा वरपरको क्षेत्रमा सफा अभियान सञ्चालन गरे। उनीहरूले विद्यालय परिसर, नजिकका सडकहरू र स्थानीय बस्तीहरू सफा गर्दै स्वच्छता र वातावरणीय चेतनाको सन्देश फैलाएका थिए ।
तपाइँको प्रतिक्रिया ।
