मनास्लुलाई तेश्रो वडा अध्यक्ष कप अन्तरविद्या फुटबलको उपाधि

मनास्लुलाई तेश्रो वडा अध्यक्ष कप अन्तरविद्या फुटबलको  उपाधि

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२।

मनास्लु वल्र्ड स्कुलले तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
चावहिलमा भएको फाइनलमा मनास्लुले डिफेन्डिङ च्याम्पियन एनआईसी एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । मनास्लुका देविन कार्कीले २ तथा अभिषेक माझीले १ गोल गरे । एनआईसीका सुनिश्चित सुवेदी र समिर लामाले समान १–१ गोल गरे । विजेता मनास्लुले ३० हजार र उपविजेता एनआईसीले १५ हजार नगद पुरस्कार हात पारे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजना तथा चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एनआईसीका सुनिश्चित सुवेदी सर्वोत्कृष्ट खेलाडी घोषित भए भने एनआईसीका आर्यब श्रेष्ठ उदीयमान खेलाडी चुनिए । एनआईसीका यसोन थापा मगर उत्कृष्ट गोलरक्षक तथा मनास्लुका देविन कार्की उत्कृष्ट खेलाडी   बने । चारैले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे ।
विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा २० छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।