भक्ति इन्टरनेसनल एकेडेमीमा नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

भक्ति इन्टरनेसनल एकेडेमीमा नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११।

भक्ति इन्टरनेसनल एकेडेमी, बुढानीलकण्ठ–०७, हात्तिगौडा, काठमाडौंमा नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै शैक्षिक सत्र २०८२ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, संस्थापक शिक्षक–शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो। विद्यालयका प्रधानाध्यापक नवराज भट्टले स्वागत मन्तव्य दिँदै सबै नयाँ विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट हार्दिक स्वागत तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक सचिव महेन्द्र थापाले आफ्ना अनुभवहरू बाँड्दै विद्यालयको शैक्षिक र सह-शैक्षिक गतिविधिहरूको बारेमा जानकारी दिनुभयकाे थियो । साथै, सांस्कृतिक प्रस्तुति, प्रेरणादायी वक्तव्यहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागी नयाँ विद्यार्थीहरूलाई स्वागत सामग्री प्रदान गर्दै विद्यालय परिवारले पूर्ण साथ र सहयोगको प्रतिबद्धता व्यक्त गर्यो। यस स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूमा उत्साह, प्रेरणा र विद्यालयप्रतिको आत्मीयता अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।उक्त कार्यक्रमकाे अध्यक्षता संस्थाका उपाध्यक्ष कान्छाकाजी महर्जनले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।