नेसनल प्याब्सन काठमाडौं जिल्लाको स्कुल लिडरसिप तालिम भब्य रुपमा  सम्पन्न 

नेसनल प्याब्सन काठमाडौं जिल्लाको स्कुल लिडरसिप तालिम भब्य रुपमा  सम्पन्न 

कपन अनलाइन

काठमाडौं , बैशाख १९।

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका स्कुलका प्राचार्य, सहायक प्राचार्य र स्कुल लिडरहरुको लागि बैशाख १८ गते भक्तपुरमा रहेको काठमाडौं फन भ्यालीमा एकदिने तालिम आयोजना गरेको छ ।
नेसनल प्याब्सन सस्थापक अध्यक्ष तथा बर्तमान कार्य समितिका अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन समारोह आयोजना भएको थियो ।
७० बिध्यालयका १५० जना सहभागी स्कुल लिडर तालिममा बिध्यार्थीहरुलाई स्मार्ट बोर्डको प्रयोग र डिजिटल माध्यमबाट प्रभावकारी शिक्षण र सस्कार सहितको सिकाईलाई सीपसङग जोडेर शिक्षण र मुल्यान्कन गर्ने सम्बन्धमा नेसनल केन्द्रीय समितिका अध्यक्ष गीता क्षेत्री राणा, पुर्व अध्यक्ष कर्ण बहादुर शाही,  आईनजी समुहका सिईओ सुलभ बुढाथोकी , स्मार्टर का सस्थापक सिईओ जित राघव , थ्री सि आर एडुकेटर प्रमुख उत्तम दाहालको प्रभावकारी प्रस्तुती रहेको थियो । तालिममा सहभागी सम्पुर्ण स्कुल लिडरहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननिय किरण थापा मगरले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरण थापा मगरले सस्थागत बिध्यालयको गुणस्तीय शिक्षण र ब्यबस्थापनको प्रशसा गर्दै सस्थागत बिध्यालय र सामुदायिक बिध्यालयको सहकार्यका लागि प्रदेश सरकारले आबश्यक बजेट ब्यबस्थापन गर्ने कुरा बताए।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय पदाधिकारीहरु, निबर्तमान अध्यक्ष पाण्डव हमाल, पुर्व अध्यक्ष रीतुराज सापकोटा, पुर्व अध्यक्ष कर्ण बहादुर शाही, बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, जिल्ला पदाधिकारीहरु, नगर पदाधिकारीहरु र बिध्यालयका प्राचार्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होम बहादुर अधिकारी (मनोज ) ले गर्नु भएको थियो र अतिथिहरुलाई स्वागत तथा मायाको चिनो प्रदान गरेका थिए। उक कार्यक्रम सन्चालन जिल्ला समितिका सह सचिब प्रकाश अधिकारीले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।