बुढानीलकण्ठ -२ मा ११५औं नारी दिवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ -२ मा ११५औं नारी दिवको  अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २५ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस “फोहोरमैला व्यवस्थापनमा नेतृत्वदायी भूमिका” निर्वाह गरिरहेका महिलाहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा स्थानीय सरकारबाट न.पा. की उप-प्रमुख अनिता लामा, वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्यहरू विनोद लामिछाने र राजकाजी श्रेष्ठ, र न.पा.का वातावरण तथा सरसफाइ महाशाखा प्रमुख विनोद पाठकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फोहोरमैला व्यवस्थापनको क्षेत्रमानेतृत्वदायी भूमिका निर्वाह गर्ने आमन्त्रित अतिथिका रूपमा मन्दिरमा चढाइने फुलबाट धुपबाती लगायतका सामग्री बनाउने व्यवसाय“फुलप्रसाद प्रा.लि.”की संस्थापक अध्यक्ष शुषमा शर्मा,  फोहोरमैलामा काम गर्ने अनौपचारिक क्षेत्रका व्यक्तिहरूको नेपालकै पहिलो संस्था संयुक्त सफाई जागरण (ससज) की अध्यक्ष शान्ती तामांग, बच्चाले प्रयोग गरेका तर राम्रो अवस्थामा रहेका लुगाफाटोहरूको व्यवसाय गर्ने “बच्चाको प्यारो” संस्था की संस्थापक अध्यक्ष मन्जु सापकोटा, र फोहोरमैला व्यवस्थापनलाई व्यावसायिकरूपमा गर्न स्थापना भएको जनसुचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. की अध्यक्ष ज्ञानु कार्की थापा रहेका थिए । ग्रामीण स्वावलम्बन विकास केन्द्रले बूढानीलकण्ठ न.पा.सँगको समन्वयमा न.पा.को वडा नं. २ मा सञ्चालन गरेको Womenpreneurs4Plasticपरियोजनाले ड्रिम गार्डेन रिसोर्टमा आयोजना गरेको यस कार्यक्रममा ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

सहभागीहरूमा बू.न.पा २ मा स्थापना भई समुदायका महिलाहरूलाई परिचालन गरेर घरबाट निस्कने फोहोरमैला व्यास्थापनमा नवप्रवर्तनात्मक ढंगले कार्य गरिरहेको जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारीका सदस्यहरू, समुदायबाट अन्य प्रतिनिधिहरू, परियोजनाका कर्मचारीहरू र ग्रामीण स्वावलम्बन विकास केन्द्रका प्रतिनिधिहरू रहेका थिए ।

“सशक्त महिलाहरूले देशलाई सशक्त बनाउदछन्” भन्ने नारा रहेको यो वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा यस किसिमको कार्यक्रमको औचित्य दर्शाउदै सुरु भएको कार्यक्रममा जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारीले आफ्नो गतिविधिहरू संक्षिप्तमा प्रस्तुत गरेको थियो ।कार्यक्रमको अघिल्लो चरण अन्तरक्रियाको रहेको थियो । अन्तरक्रिया सत्रमा आमन्त्रित अतिथिहरूलाई सत्र की मोडरेटर अरुणा चौधरीले फोहोरमैला संबन्धित व्यवसायमा किन र कसरी जोडिनु भयो भन्ने प्रश्न राख्नु भएको थियो ।

सहभागीहरूले पनि अतिथि समक्ष विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । अन्तरक्रियाले समस्टिगतरूपमा फोहोरमैलाको क्षेत्रमा व्यवसाय गर्न अवसर र चुनौती दुवै रहेको र अवसरहरूलाई आफ्नो पक्षमा पार्न महिलाहरूले चुनौतीहरूको डटेर सामना गर्दै अगाडि बढ्दा सफल हुने सार निकालेको थियो । कार्यक्रममा सुभकामना दिने क्रममा वडाका अध्यक्ष श्रेष्ठले आफ्नो आफू अतिथिहरूका अनुभवहरू सुनेर प्रभावित भएको बताउनु भयो । वहाँले आफ्नो वडामा महिलाहरूले गर्ने गतिविधिहरूमा सदैव साथ दिँदै आएको र आगामी दिनमा पनि दिने प्रतिबद्धता जनाउँदै आफ्नो वडालाई फोहोरमैला व्यवस्थापनका क्षेत्रमा उदाहरणीय बनाउन डटेर लागिपर्ने बताउनु भएको थियो ।

नगर उप-प्रमुख अनिता लामाले आफ्नो सुभकामना मन्तव्य दिने क्रममा महिलाहरूले तात्कालिन चुनौतीहरूलाई चिरेर अगाडि बढ्न सके हरेक क्षेत्रमा सफल हुने बताउँदै सबैलाई न.पा.को साथ र सहयोग रहने जाहेर गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरूलाई र बू.न.पा वडा नं. २ मा सहकारीमार्फत भइरहेको फोह्रोरमैला व्यवस्थापनमा उत्कृष्ट प्रस्तुति गर्नुहुने सदस्यहरूलाई वातावरण मैत्री र पुन:प्रशोधन गरिएका सामग्रीहरू प्रोत्साहन स्वरूप उपहार दिइएको थियो ।

कार्यक्रमको अन्त्यमाग्रामीण स्वावलम्बन विकास केन्द्रका नी. कार्यकारी प्रमुख शिव प्रसाद बस्यालले कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो  र कार्यक्रम सकारात्मक उर्जाका साथ कार्यक्रम समापन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।