निस्ट र दीक्षालय फाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,फागुन २४ ।
आयोजक भक्तपुर निस्ट स्कुल र दीक्षालय तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
लोकन्थलीस्थित घरेलु कोर्टमा निस्टले त्रियोगलाई २५–१५ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा दीक्षालयले चेल्सी वल्र्ड स्कुललाई २३–१७ ले हरायो ।
सिनियर ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुलले राजश्री गुरुकुललाई ४३–२८ तथा टीआईएले निस्टलाई ५१–२९ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । जुनियर गल्र्समा आर्या एकेडेमीले जनप्रेमी वल्र्ड स्कुललाई १५–१२ तथा चेल्सीले निस्टलाई २५–१६ ले पन्छ्याउ्दै फाइनल यात्रा तय गरे ।
प्रतियोगितासंगै विद्यार्थीमा स्वच्छ वातावरण बारे सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको क्लाइमेट च्याम्पियनमा न्यु सुन्ताखाना १ सय ८० अंकसाथ शीर्ष स्थानमा छ । मल्पी इन्टरनेसनल स्कुल १ सय ५० अंकसाथ दोश्रो स्थानमा छ । अघिल्लो दिन बिहीबार १ सय ३० अंकसाथ शीर्ष स्थानमा रहेको चेल्सी १ सय ४५ अंकसाथ तेश्रो स्थानमा छ । समान अंकमा चेल्सीसंगै राजश्री गुरुकुल पनि तेश्रो स्थानमा रहेको छ ।
वातारण दूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतिय सवारी साधन÷साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, विरुवा रोप्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत विषयवस्तुलाई मध्यनजर गरी विजेताको टुंगो लगाइने छ ।
