ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पुस २७।
ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न भएको छ। बागमती प्रदेसका प्रदेस सभा सदस्य जयराम थापाले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको सो संस्थाको साधारण सभाको उदघाटन गरेका थिए।
संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा कोषाध्यक्ष केशर ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
ग्लोरी बचत तथा ऋण सहकारी संस्थामा ३ हजार ५ सय १२ शेयर सदस्य रहेका छन भने संस्थाको शेयर पुँजी ५ करोड ९४ लाख २७ हजार ४ सय रहेको छ।
बुढानिलकण्ठमा रहेको तपेस पार्टी प्यालेसमा भएको सो साधारण सभामा संस्थाका प्रवन्धक जनक थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव बिनय केसीले संचालन गरेका थिए।
तपाइँको प्रतिक्रिया ।