एनकेएलको टिकेटिङ पार्टनरमा खल्तीसँग सम्झौता

एनकेएलको टिकेटिङ पार्टनरमा खल्तीसँग सम्झौता

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

नेपाल कबड्डी लिग (एनकेएल) का आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको छ । यसअनुसार एनकेएलको टिकट बिक्री खल्ती एममार्फत् गरिनेछ ।

सम्झौतापत्रमा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित कुमार बेगानी र खल्तीका चिफ विजनेस अफिसर अविनाश गुप्ताले हस्ताक्षर गरे । एनकेएलले टेलिभिजन प्रशारण अधिकारको लागि काष्ठमण्डप टेलिभिजनसँग सम्झौता गरेको छ ।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएल माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।

तपाइँको प्रतिक्रिया ।