बुढानिलकण्ठमा रास्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा, भोलि बिहान ८ बजे कपन ह्यान्डबलमा उदघाटन
कपन अनलाइन
काठमाडौं, पुस १३।
बुढानिलकण्ठ नगरपालिकामा यही पुस १४ गते देखि १६ गते सम्म संचालन हुने रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ। नगरपालिकामा शिक्षा ,युवा तथा खेलकुद महाशाखा द्वारा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा जानकारी प्रदान गर्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो।
बुढानिलकण्ठको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले सो प्रतियोगितामा नगरपालिका ४५ विद्यालयका १३९६ जना खेलाडीहरुले सहभागिता जनाउने जानकारी दिएका छन।
नगरपालिकाको वडा नं ८ को गोल्फुटार मैदान र वडा नं १० को कपन ह्यान्डबल मैदानमा हुने पाचौ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका बारेमा जानकारी दिइएको सो पत्रकार सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी ,उपप्रामुख अनिता लामा, प्रमुख प्रसशाकीय अधिकृत तुलसीराम अर्याल, प्रवक्ता नवराज भट्टराई, वडा नं ३ का अध्यक्ष आकाश धिताल ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती की संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षता तथा अधिकृत अनिता खनालको संचालनमा भएको सो पत्रकार सम्मेलनमा विभिन्न विद्यालयका प्रधानाध्यापक , खेल्कुस प्रशिक्षक सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो।
