उज्यालो फाउण्डेशनको एम्पावहर २०२४ : विभिन्न कार्यक्रमहरु सम्पन्न

उज्यालो फाउण्डेशनको एम्पावहर २०२४ : विभिन्न कार्यक्रमहरु सम्पन्न

कपन अनलाइन
काठमाडौं, पुस ८।

उज्यालो फाउण्डेशनको एम्पावहर २०२४ परियोजना अन्तर्गत  विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन।

एम्पावहर २०२४ परियोजना अन्तर्गत उज्यालो फाउण्डेशनले मङ्सिर १५ देखि पुष ५ गते सम्म  ५ वटा सामुदायिक परियोजनाहरू सफलतापूर्वक सञ्चालन भएका छन भने युवा महिला परामर्श समिति (YWAC) को स्थापना भएको छ।

उज्यालो फाउण्डेशन एक फेमिनिस्ट संस्था हो जुन सबै किशोरी, महिला, र गैरबाइनरी व्यक्तिहरूका लागि सिक्न र नेपालमा नेतृत्व गर्न सुरक्षित ठाउँहरू सिर्जना गर्न काम गर्दछ, साथसाथै विभिन्न नेतृत्व इन्स्टिच्युट सो समुहको लागि सञ्चालन गर्दै आएको छ। उज्यालो फाउण्डेशनले सञ्चालन गरेका महत्वपूर्ण परियोजनाहरु मध्य  एम्पावहर पनि एक हो।

 एम्पावहर २०२४ परियोजना अन्तर्गत उज्यालो फाउण्डेशनले मङ्सिर १५ देखि पुष ५ गते सम्म गरेका क्रियाकलापहरु निम्न अनुसार छन् :

  • वटा सामुदायिक परियोजनाहरू सफलतापूर्वक सञ्चालन
    सहभागीहरूले आफ्नो समुदायका समस्याहरूको आधारमा ५ वटा परियोजनाहरू सञ्चालन गरे। प्रत्येक परियोजनाको लागि रु. २५,००० को सीड फन्ड प्रदान गरिएको थियो, र यसका माध्यमबाट लैङ्गिक समानता, मानव अधिकार, शारीरिक स्वच्छता र प्रजनन स्वास्थ्य जस्ता विषयमा समुदायमा सचेतना फैलाइयो।यस कार्यक्रम बाट जम्मा ६७० जना समुदायका व्यक्तिहरु लाभान्वित भएका छन्।
  • युवा महिला परामर्श समिति (YWAC) को स्थापना
    मङ्सिर २५ गते , २४ जना सहभागीहरूले युवा महिला परामर्श समिति (यु.म.पा.स.) गठन गरे। यस समितिको उद्देश्य स्थानीय शासन र नीतिहरूमा युवा महिलाहरूका विचार र आवश्यकताहरू समावेश गर्नु हो। यसले समुदायका समस्यामा युवाहरूको आवाजलाई सशक्त बनाउने र निर्णय प्रक्रियामा सहभागीता सुनिश्चित गर्ने काम गरेको छ ।
  • वटा इमर्सन भ्रमण: पोलिटेकनिक इन्स्टिच्युट, श्री गोल्मादेवी माध्यमिक विद्यालय पाञ्चखल नगरपालिका भ्रमण
    पुषको ४ र ५ गते सहभागीहरूलाई पोलिटेकनिक इन्स्टिच्युटको भ्रमणमा लगिएको थियो जहाँ उनीहरूले संस्थानको संचालन, छात्रवृत्तिका अवसरहरू, र तालिम कार्यक्रमहरूबारे जानकारी प्राप्त गरे। अर्को भ्रमण पञ्चखल नगरपालिकाको भएको थियो, जहाँ युवा महिलाहरूलाई स्थानीय प्रशासनसँग प्रत्यक्ष भेट र संवादको अवसर मिल्यो। सहभागीहरूलाई श्री गोल्मादेवी माध्यमिक विद्यालयको भ्रमणमा लगिएको थियो, जहाँ उनीहरूले विद्यालयको संचालन र महिला नेतृत्वको प्रभाव बारे गहिरो जानकारी प्राप्त गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।