वुद्धिचालमा जेम्स स्कुल च्याम्पियन

वुद्धिचालमा जेम्स स्कुल च्याम्पियन

कपन अनलाइन
काठमाडौं, पुस ८।

थन्डरबोल्ट्स  कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ।
आइतवार भएको यु १८ समुहको अन्तिम नतिजामाजेम्सले स्वर्ण पदक जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रुपमा दोस्रो स्थानमा रहे।
त्यस्तै यु–१४ तर्फ  पुरुष तथा महिलातर्फ  दुवै समूहको बुद्धिचाल प्रतियोगिता  प्रतियोगीहरुले प्राप्त गरेको अङ्कको आधारमा निसर्ग वाटिका स्कुलले स्वर्ण, बिएन एकेडेमीले रजत तथा इम्पेरिएल वर्ल्ड स्कुल र टिआइए स्कुलले काश्य पदक प्राप्त गरे।
जुडो प्रतिस्पर्धामा पुरुषतर्फ नेपाल पुलिसले स्वर्ण, जेम्स स्कुलले रजत तथा हार्दिक एकेडेमीले काश्य जितेका छन्।
महिला जुडोतर्फ पनि नेपाल पुलिस स्कुलले नै स्वर्ण जिते।जेम्स स्कुलले रजत र नेपाल युवक सेकेन्डरी स्कुलले काश्य पदक प्राप्त गरे।
त्यसैगरी तेक्वान्दोको पुरुष तथा महिला तर्फ विभिन्न तौल समूहको खेल सकिएपछि  अङ्कको आधारमा  पुरुषतर्फ जेम्स स्कुल  प्रथम, नेपाल पुलिस स्कुल द्वितीय  र जुपिटर स्कुल तृतीय भएका छन् । महिलातर्फ जेम्स स्कुल प्रथम, रिजेन्ट रेसिडेन्सियल स्कुल द्वितीय र टेरेसा एकेडेमी तृतीय भएका छन् ।
त्यसैगरी फुटसलखेलतर्फ१८ वर्षमुनिका छात्र समूहबिचको फुटसल खेल  सम्पन्न भएको छ । १० विद्यालयले भाग लिएको उक्त स्पर्धाबाट ब्लुबर्ड सेकेन्डरी स्कुल प्रथम, चेल्सी वर्ल्ड स्कुल द्वितीय  र  रातो  बङ्गला स्कुल  तृतीय भएका छन् ।
बास्केटबलको यु–१८ छात्रतर्फ जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज  फाइनलमा प्रवेश गरेका छन् भने  तेस्रो स्थानको लागि बर्नहार्ट कलेज र काठमान्डु वर्ल्ड स्कुल बिच  प्रतिस्पर्धा हुनेछ।
आज भएको सेमीफाइनलमा जेभियर इन्टरनेसनल कलेजले बर्नहार्ट कलेजलाई ६६–४० ले र टाइम्स इन्टरनेसनल कलेजले काठमान्डु वर्ल्ड स्कुललाई ६५–५० ले पराजित गरेको थियो।
यु–१८ छात्रातर्फ भने भएको सेमीफाइनल खेलमा भ्याली पब्लिक स्कुलले नामी कलेजलाई ५३–३४ ले  र जेम्स स्कुलले  रिब्स स्कुललाई २९–२२ ले पराजित गरी  फाइनलमा प्रवेश गर्यो।
त्यसैगरी यु–१६ छात्रतर्फको खेलमा सेन्ट जेभियर्स स्कुलले एलआरआई स्कुललाई ६६–५९ ले र मातृभूमि स्कुलले रातो  बङ्गला स्कुललाई ४१–४० ले पराजित गरी फाइनलमा प्रवेश गर्यो।
फुटबल खेलतर्फ१२ वर्षमुनि छात्रसमूह अन्तर्गत सेमीफाइनलमा चेल्सी वर्ल्ड स्कुलले जेम्स स्कुललाई ३–० गोललेतथा एपिएफ स्कुलले ब्लुम नेपाल स्कुललाई १–० ले पराजित गरी फाइनलमा प्रवेश गर्यो।
१६ वर्षमुनि छात्रको सेमीफाइनलमा एपिएफ स्कुलले विनायक स्कुललाई ३–० गोलले तथा नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३–० को गोलले पराजित गरी फाइनल पुग्न सफल भयो।
त्यसैगरी क्रिकेट  खेलतर्फ१२ वर्षमुनि छात्रमा डिएभी स्कुल, जेम्स स्कुल,चेल्सी वर्ल्ड स्कुल र लिटिल एन्जेल्स स्कुल सेमिफाइलनमा पुगेका छन्।
डिएभी स्कुलले एलआरआइ स्कुललाई २३ रनले, जेम्स स्कुलले भ्याली पब्लिक स्कुललाई ३३ रनले, चेल्सी वर्ल्ड स्कुलले रेडियन्ट रिडर्स स्कुललाई ३ विकेटले र लिटिल एन्जेल्स स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ८ विकेटले पराजित गरेको थियो।

तपाइँको प्रतिक्रिया ।