चम्पादेवी बहुउदेस्यीय सहकारी संस्थाको अध्यक्षमा काजी थापा,को को बने पदाधिकारी र सदस्यहरु ?

चम्पादेवी बहुउदेस्यीय सहकारी संस्थाको अध्यक्षमा काजी थापा,को को बने पदाधिकारी र सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३०।

चम्पादेवी बहुउदेस्यीय सहकारी संस्थाको अध्यक्षमा काजी थापा निर्वाचित भएका छन। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको इभर साइन पार्टी प्यालेसमा भएको साधारण सभाले उक्त संस्थाको उपाध्यक्षमा शान्ता ढकाल पुडासैनी र सचिवमा गीता मिश्र पुडासैनीलाई चयन गरेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी  १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , सहकारी शाखा प्रमुख अच्युत खड्का लगायतको उपस्थितिमा भएको साधारण सभाले संस्थाको कोषाध्यक्षमा ओम विक्रम बिस्ट र सदस्यहरुमा थुम बहादुर पुडासैनी,कमला लम्साल पुडासैनी,तिलहरि पुडासैनी,यज्ञ प्रसाद पुडासैनी र युवराज मिश्रलाई चयन गरेको छ।

उक्त साधारण सभाले सो संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा शम्भु कुमार थापा र सदस्यहरुमा गायत्री मिश्र र कृष्ण अधिकारीलाई चयन गरेको छ।

तपाइँको प्रतिक्रिया ।