पाँचखाल नगरपालिकामा ५ दिने नेतृत्व बिकास सम्बन्धि तालिम समापन

पाँचखाल नगरपालिकामा ५ दिने नेतृत्व बिकास सम्बन्धि तालिम समापन

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६ ।

उज्यालो फाउण्डेशन एक फेमिनिस्ट संस्था हो जुन सबै किशोरी, महिला, र गैरबाइनरी व्यक्तिहरूका लागि सिक्न र नेपालमा नेतृत्व गर्न सुरक्षित ठाउँहरू सिर्जना गर्न काम गर्दछ, साथसाथै विभिन्न नेतृत्व इन्स्टिच्युट सो समुहको लागि सञ्चालन गर्दै आएको छ। उज्यालो फाउण्डेशनले सञ्चालन गरेका महत्वपूर्ण परियोजनाहरु मध्य  एम्पावहर पनि एक हो।

२०१५ मा प्रारम्भ गरिएको एम्पावहर, एक नेतृत्व र विचार इन्क्युबेशन कार्यक्रम हो जसले महिलाहरुको नेतृत्व, क्षमता, र विचारहरूलाई अगाडि बढाउन, समुदायको समस्या समाधान गर्ने परियोजनाहरु कार्यान्वयन गर्न प्रत्यक्ष रूपमा काम गर्दछ। एम्पावहर, नेपाल भित्रका महिलाहरु (१८-२९ वर्ष) को लागि नेतृत्व, अधिकार, उद्यमशीलता, र निर्णय गर्ने कुरा सिकाउने एक कार्यक्रम हो। एम्पावहरले आजसम्म विविध पृष्ठभूमिका ९७ महिलाहरुलाई नेतृत्व प्रदान गरेको छ र वहाँहरुले १८  वटा समुदायक परियोजनाहरु नेपालको विभिन्न भु-भागमा  संचालन गरेका छ।

एम्पावहर २०२४ परियोजना अन्तर्गत उज्यालो फाउण्डेशनले मंसिर १०, २०८१ बाट मंसिर १४, २०८१ सम्म संचालन हुने गरी  पाँचखाल नगरपालिकामा ५ दिने नेतृत्व बिकास सम्बन्धि तालिम समापन गरेको छ। तालिममा २४ जना सहभागिहरुले उपस्थिति रह्यो ।

उक्त तालिममा सहभागीहरुलाई नेतृत्व विकास, समावेशीता र सञ्चारको बारेमा जानकारी दिइनुको साथै विभिन्न खेलहरुद्वारा सिकाइ केन्द्रित गरियो। यसै अवधिमा सहभागिहरुले सामुदायिक   पैरवी परियोजनाको प्रस्ताव समेत तयार गरी परियोजना कार्यान्वयनको निमित्त दिन समेत तय गरेका थिए। परियोजनाहरू “लैङ्गिक समानताका लागि संवाद प्रबर्धन” , “मानव अधिकार सम्बंधि कानुनी सचेतना”, “हानिकारक लैंगिक मान्यता र सांस्कृतिक अभ्यासहरूलाई चुनौती”, “लैंगिकतामा आधारित हिंसा सम्बोधन”, “शारीरिक स्वेतता र प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना” विषयमा रहेका छन्।

सहभागीद्वारा पाँचखाल नगरपालिकाकामा नगर स्तरीय युवा महिला परामर्श समितिको गठन पनि गर्यो जसको मुख्य उद्देश्य युवा महिलाहरुको आवाजलाई प्रवर्द्धन गर्नु, उनीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्नु, र स्थानीय शासन तथा नीतिहरूमा उनीहरूमाथि प्रभाव पार्ने विषयमा सुझाव प्रदान गर्नु हो।

उनीहरुको भुमिका :

१. कार्यक्रमहरूमा सहभागिता: पञ्चखाल नगरपालिकाका योजनाहरू, कार्यक्रमहरू, र गतिविधिहरूमा सक्रिय सहभागी भई योगदान पुर्‍याउने। नगरपालिकाद्वारा सञ्चालन गरिने सार्वजनिक सुनुवाई, बजेट निर्माण, र अन्य कार्यक्रमहरूमा पनि सक्रिय रूपमा सहभागी हुने।

२. नीतिगत सिफारिशहरू: युवा महिलाहरूलाई प्रत्यक्ष प्रभाव पर्ने नीतिहरूमा सिफारिश गर्ने।

३. संवाद र परामर्श: नगरपालिका, समुदाय, र अन्य सरोकारवालाहरूसँग संवाद स्थापनामा सहयोग गर्ने।

४. महिला नेतृत्व प्रवर्द्धन: युवा महिलाहरूको नेतृत्व विकासका लागि आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्ने रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।