१६ औं संस्करणको टिआइए अन्तरस्कुल बास्केटबलमा टिआइए सेमिफाइनल पुग्यो

१६ औं संस्करणको टिआइए अन्तरस्कुल बास्केटबलमा टिआइए सेमिफाइनल पुग्यो

कपन अनलाइन
काठमाडौं, मङ्सिर २ ।
राजधानीमा जारी १६ औं संस्करणको टिआइए अन्तरस्कुल बास्केट प्रतियोगितामा आयोजक टिम टिआइए ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। बुढानिलकण्ठस्थित आयोजककै कोर्टमा भएको ब्वाइजतर्फको खेलमा टिआइए ‘ए’ले सेबलाई ३७–२६ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । टिआइए एले पहिलो क्वाटरदेखि नै अग्रता बनाएको थियो । पहिलो क्वाटरमा टिआइएले ६ स्कोर गर्दा सेबले ४ स्कोर गरेको थियो । यसैगरी दोस्रोमा ८–७ र तेस्रोमा १५–४ को फराकिलो स्कोरको अग्रता बनायो । अन्तिम क्वाटरमा सेवले ११ स्कोर गर्दा टिआइएले ८ स्कोर गरे पनि अन्ततः ११ स्कोरको अग्रताका साथ खेल जित्न सफल भयो । टिआइएका लागि रेशम नगरकोटीले सर्वाधिक १६ स्कोर गर्दै टिमलाई सेमिफाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका खेले ।
यसैगरी दोस्रो क्वाटरफाइनलमा जित निकाल्दै एचएचसीएले अन्तिम चारमा स्थान पक्का गरेको छ । एचएचसीएले निम्सलाई ६०–३५ को स्कोरमा हराएको हो । सबै क्वाटरमा एचएचसीएले फराकिलो अग्रता हासिल गरेको थियो । एचएचसीएका लागि डेभिड राइले सर्वाधिक २० स्कोर गरे ।
त्यसैगरी ज्ञानोदयले ज्ञान निकेतनलाई ६२–४८ को स्कोरमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको छ । ज्ञानोदयका लागि जिरावतले सर्वाधिक २७ स्कोर गरेका थिए ।
त्यसैगरी भ्याली पब्लिकलाई फराकिलो स्कोरमा पराजित गर्दै ब्वाइजतर्फ ग्रीनल्याण्डले सेमिफाइनलमा स्थान बनाएको छ । ग्रीनल्याण्डले भ्याली पब्लिकलाई ५०–२६ को स्कोरमा पराजित गरेको हो । ग्रीनल्याण्डको जितमा प्रविण गुरुङले सर्वाधिक १० स्कोर गरे ।
गल्सतर्फ भ्यालीपब्लिकले सेमिफाइनलमा स्थान बनाएको छ । भ्यालिपब्लिकले डेफोडिललाई २७–१० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । भ्यालिपब्लिका लागि प्रकृति खड्काले सर्वाधिक १० स्कोर गरिन् । त्यसैगरी अर्को खेलमा जीत निकाल्दै हिमरश्मीले पनि सेमिफाइनलमा स्थान बनाएको छ । हिमरश्मीले निम्सलाई १७–१२ को स्कोरमा पराजित गर्दा खुसी अधिकारीले सर्वाधिक १० स्कोर गरिन् ।
गल्सतर्फनै दिक्षालयले निस्टलाई २७–१९ ले पराजित गर्दै सेमिफाइनलको दौड पक्का गर्न सफल भयो । दिक्षालयका लागि दीपशिखा गोलेले सर्वाधिक ८ स्कोर गरिन ।
गल्सतर्फ एनसीसीएसले ग्रीनल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । एनसीसीएसले खेल ३१–१८ को स्कोरमा जितेको थियो । एनसीसीएसका लागि दिभा महर्जनले सर्वाधिक १५ स्कोर गरिन् ।
यसैगरी स्टाफतर्फका खेलमा आयोजक टिआइएसँगै चेल्सी, मिल्सबेरी र भ्याली पब्लिकले पनि सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनल खेल सोमबार हुने छ ।

तपाइँको प्रतिक्रिया ।