नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड, कुन कुन छन ?
कपन अनलाइन
काठमाडौं, मङ्सिर २ ।
नेपालका २ वटाबिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन्। मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोवाईल एसोशिएसन (नासा नेपाल) ले भियतनाममाअवस्थित AIP Foundation को सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियानअन्तगर्त धुलिखेल, काभ्रेमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र भैँसेपाटी, ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिकविद्यालयको स्टार रेटिङगरेको थियो ।
लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारिति सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र आदर्श सौलःयुवक माध्यमिकविद्यालयले क्रमशः४.५ स्टार र ४.२स्टार रेटिङ प्राप्त गरेका छन् ।
काठमाण्डौमा आयोजित नेसनल युथ कन्फरेन्स फर सेफ एण्ड सस्टेनेवलमोविलिटि (-National Youth Conference for Safe & Sustainable Mobility) सम्बन्धि राष्ट्रिय युवा सम्मेलनमा विद्यालय, सम्बन्धित स्थानिय निका यतथा अभियानमा संलग्न व्यक्तिहरुलाई बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्तमहर्जन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवलमोविलिटि नेपालका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईले अवार्ड बितरण गरेका थिए ।
सो समारोहमा सेफ जर्नी टु स्कुलअभियानका संयोजक सुुवास भटराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमाविद्यार्थीहरुको आगमान र विद्यालयलाई सुुरक्षितबनाउने सम्बन्धि प्रस्तुती दिएका थिए ।
नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटिका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदघाटन समारोहमा बोल्दै युवा तथा खेलकुदमन्त्री तेजुुलाल चौधरीले सडक दुर्घटनाका कारणयुवाहरुको अकालमा ज्यान गई रहेको प्रति सरकार चिन्तीत रहेको बताए ।
बढ्दै गईरहेको सडक दुर्घटनाको भयावहअवस्था र यसबाटहुने मानवीय, आर्थिक र भौतिकक्षतिलाईन्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालकाकार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु, त्रिभुवनविश्वविद्यालय, बागमतीप्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको सहकार्य रहने छ ।