हे चम्पादेवी, अब नबोलाउ है : महेन्द्र चालिसे

हे चम्पादेवी, अब नबोलाउ है : महेन्द्र चालिसे

कपन अनलाइन
काठमाडौं, मङ्सिर १।
आरुवारी, “दाइ भदौको पहिलो शनिवार स्रष्टा पदयात्राको चम्पादेवी क्षेत्रमा जाने कार्यक्रम छ, तपाई पनि जाने हैन ? नाम लेखाइ दिऊँ ?” श्रावणको तेश्रो हप्ता तीर प्रतिक घिमिरे भाइले खबर गर्छन् ।
म जान्नहोला प्रतिक, मैले प्रतिकलाई भनें ।
किन र दाइ, उनी पुनः प्रश्न गर्छन् । म नजाने विचार गरेको बारे उनलाई बताउँछु । कुरा के भयो भने– केही दिनअघि, फेसबुकमा स्रष्टा पदयात्राका अध्यक्ष आदरणीय शीतल गिरी दाजुको सुचना पढेको थिएँ । जसमा उहाँले लेख्नुभएको थियो– चम्पादेवी पदयात्रामा जाने सहभागीहरूले त्यहा गएपछि त्यस सम्बन्धी लेखेर बुझाउनु पर्छ र जसबौपत पारिश्रमिक पनि पाइन्छ । एक हातले लेख बुझाउने, अर्को हातले पारिश्रमिक लिने । मेरा २ जना साथीहरू बद्री पौडेल र नारायण जोशी जो गोकर्ण देशे गाउँमा भएको ८५ औँ यात्रामा सहभागी भएका थिए, उनीहरूलाई यो पदयात्रामा रमाइलो अनुभव भएकोले म जाने कुनै पनि पदयात्रामा जाने चाहना व्यक्त गरेका थिए तर उनीहरू लेख्ने गर्दैनन् । त्यसैले मैले शीतल दाइलाई लेख्न नसक्ने चाहिँ जान के गर्ने त दाजु भनेर सोधेँ, उहाँले स्पष्टसँग भन्नुभयो “नलेख्ने मान्छे नलाने ।”
उहाँको यो जवाफपछि मैले पनि नजाने सोच बनाएँ, किनकि म साथीहरूलाई बढी महत्त्व दिन्छु लेखेर त्यस वापतको पारिश्रमिकलाई भन्दा ।
मैले प्रतिकलाई यो कुराको जानकारी गराएपछि प्रतिकले हास्दै भने– “काँ दाइ शीतलदाइले भने जस्तो लेख लेख्ने भनेर त्यहाँ जाने मध्ये १५–२० जनाले पनि लेख्दैनन् । बुढाले अध्यक्षको कर्तव्य मात्र पूरा गरेको हो ।” जे होस् म त्यतिबेला स्रष्टा पदयात्रामा चम्पादेवी गईन । अनि मेरो मनभित्र चम्पादेवी जाने हुटहुटी चाहिँ चलि नै रह्यो र साथीहरूसँग चम्पादेवी जाने कुरा गर्न मन लाग्यो, तर दशैँ सुरु हुने भएकोले त्यो हुटहुटीलाई थुमथुम्याएर राखेँ । तर चम्पादेवीको बारेमा स्रष्टा पदयात्राका सहभागीहरूले केही लेख्नुभएको रहेछ भने त्यो पढेर जाँदा धेरै सजिलो हुन्छ भनेर त्यस्ता लेख कहिँ कतै छापिएका छन् की भनेर खोज्न चाहिँ थालेँ तर खै कतै पाउन सकिन ।
दशैँ र तिहारको विचमा हाम्रो अपर मुस्ताङ्ग जाने कार्यक्रम बनेको थियो तर असोज १२ गतेको वे मौसमी वर्षाको कारण हाम्रो टूर अप्रेटरले कार्यक्रम रद्द गरिदियो । त्यही समुहका सदस्य मेरा कुल पुरोहित पुरुषोत्तम पौडेलले “दाइ, अपर मुस्ताङ्ग गइएन, अब ल चम्पादेवी जाउँ १ दिन मिलाएर” भनेर अपर्भmट भने । म भित्र रहेको चम्पादेवी जाने हुटहुटी जागिगो । ल हुन्छ जाऊंन त भनेर साथीहरूसँग सल्लाह गर्न थालियो ।
हामी समुहमा घुम्न बानी परिसकेको र सकेसम्म साथीहरूलाई छाडेर हिंड्न हुन्न भन्नेलाई वास्तवमै सबैलाई मिल्ने समय पाउनै कठिन । जुन दिन जाने भन्यो त्यो दिन कल्लाई के भैदिन्छ अनि जान मिल्दैन । कि त जस्लाई मिल्दैन उसलाई छाडेर हिड्न प¥यो कि त कार्यक्रम नै रद्द गर्न प¥यो । छाडेर हिडौ साथी रिसाउने रद्द गरौ फेरी अर्को कार्यक्रम बनाउन उस्तै कठिन । हो, साथी रिसाउला नछाडौं भन्दा भन्दै हाम्रो यो चम्पादेवी यात्रा पनि २ चोटी रद्द भएर तेस्रो चोटी २०८१ कार्तिक २२ गते छठ पूजाको दिन सम्पन्न भयो । यो चोटी २ वटा गाडिमा १० जना मात्रै जाने भन्दा भन्दै १५ जना भइयो र तीनवटा गाडिमा जानुप¥यो ।
२०८१ साल कार्तिक २ गते विहान ७ वजे हिंड्ने सल्लाह बमोजिम ठीक ७ वजे विकल निवासबाट महेन्द्र चालिसे, इन्दिरा चालिसे, सीता चालिसे, पुरुषोत्तम (पुरु) चालिसे, सुधा चालिसे, शोभा बराल, पूर्णचन्द्र जोशी, नारायण जोशी, तारा जोशी, दीपक रेग्मी, पुरुषोत्तम पौड्याल, वद्री पौड्याल, गरी १२ जना, चावहीलबाट विमल पौड्याल, संजु ढकाल गरी हाम्रो १४ जनाको टोली हिंड्यौं र अब १ जना सविता पौडेललाई फर्पिंगमा भेट्नु थियो । ३ वटा गाडि काठमाडौंको सडकमा सँगसँगै जाने कुरै थिएन । त्यसैले युनिभर्सिटी पस्ने गेट वरीपरी कुनै चिया पसलमा रोकि त्यहाँ भेट्ने र बसेर चिया पिएर जाने सल्लाह अनुसार ८ बजेतिर सबैै जना त्यहाँ भेट ग¥यौं । त्यहाँ चिया पिएर अघि बढ्यौं र फर्पिङ्गमा सविता पौडेललाई गाडी चढायौं ।
मान्छेको मुख र पेट नभैदिएको भए यो खाने भन्ने समस्यै हुदैनथियो होला नी हैन । जहाँ जहिले घुम्न जाने भन्ने कुरा उठ्नासाथ खाना के लग्ने भन्ने प्रश्न उठी हाल्छ । अनी जवाफमा कोही होटलमा खाने भन्छन्, कोही घरबाटै लग्ने भन्छन् । फेरी घरबाट लग्नेमा पनि एकै जवाफ आउँदैन त्यहीँ पनि विभिन्नता देखापर्छ । कोही शाकाहारी भन्छन् कोही हैन– मांसाहारी भन्छन् र कोही पुलाउ भन्छन्, हैन रोटी लैजाउ भन्छन् कोही भने कोही पकाउने झण्झट किन गर्ने दही, च्यूरा, तरकारी लगे भैहाल्छनी । तर वास्तवमा भन्ने हो भने होटलमा खानुभन्दा घरबाटै लग्नु राम्रो । र पकाउन र तयार पार्न भन्दा पनि ठूलो समस्या गन्तव्यमा पु¥याउनु हो । गाडि पुग्ने ठाउँ छ भने त केही छैन, वोकेर हिंड्नु प¥योभने अनी समस्या देखापर्छ । खानेकुराको जटिल समस्या चम्पादेवी यात्रामा देखाप¥यो । यात्रा व्यवस्थापक बद्री पौडेलले यो पटक त्यतै कतै कुनै घरमा दालभात साग पकाउन लगाएर खाने, घरबाट लग्ने झण्झट नगर्ने भनेर सूचित गर्नु भयो । हामीले ठान्यौं उहाँकै कतै सम्पर्क होला र त यस्तो प्रस्ताव गर्नुभयो । कार्तिक २० गते सम्म हामी सबैै यही प्रस्तावमा ढुक्क थियौं । त्यही दिन साँझ मैले फर्पिङ्ग डोल्लु निवासी १ जना नातेदार सुशील पौड्याललाई फोन गरेर हाम्रो योजना बताएँ । तर उहाँले के भन्नुभयो भने –चम्पादेवी मन्दिरको सबैैभन्दा नजिकको वस्तिबाट मन्दिर पुग्न फटाफट हिंड्न सक्नेलाई डेढ घण्टामा हजुरहरूलाई दुइ, साढे दुइ घण्टा लाग्न सक्छ, त्यसैले हजुरहरूले खाना अर्डर गरेर जानुभयो भनेपनि खाना खान आइपुग्न दिनको २– साढे २ बज्छ, त्यतिवेलासम्ममा त भोकले मारिहाल्छ, त्यसैले खानेकुरा वोकेर लगेको राम्रो । तर झण्डै ६० डिग्रीको उकालो दुइ अढाइ घण्टा उक्लनु पर्ने भएकोले हल्का खानेकुरा बोकेर लगेको राम्रो ।” सुशीलजीको यो सल्लाहपछि मैले साथीहरूलाई यो कुरा बताइ दिएँ र सबैैभन्दा हल्का खानेकुरा (बोकेर लग्ने हिसाबले हल्का भनेको) दही च्युरा नै हो, त्यसैले यहीँ लगौँ भन्न्े प्रस्ताव राखें । त्यसपछि साथीहरूले भोलान्टियर रुपमा आपूmले लग्ने कुरा वताउनु भयो । जसमध्ये दीपक रेग्मीले दही, वद्री पौडेलले च्यूरा, शोभा बरालले तरकारी, पुरु चालिसे मिठाई संजु ढकालले अचार र सविता पौडेलले भन्दै नभनी दही, च्युरा, तरकारी लिएर जानुभयो ।
टौदह कटेर हामी चम्पादेवी जानका लागि हात्तिवन रिसोर्ट तिर लाग्यौं । ढुङ्ग्यान र ग्याङ्ग्रिङ्ग भएको ठिक्क एउटा गाडि मात्र पास हुने, ठाडो उकालो बाटो वास्तवमै हामीजस्ता गाडि चालकलाई त गाडि लिएर जान मुटु काम्दो रहेछ, तर के गर्नु “ओखलमा हात हाले पछि ढिकीले कुट्छ भनेर डराएर भयो र ? जसो तसो हात्तिवन रिसोर्टको वाहिर चौरमा पुगियो जुन गाडिको अन्तिम लक्ष थियो । त्यहाँ गाडि पार्किङ्ग गरेर हाम्रो समुह अब चम्पादेवी पदयात्रा भनेर देखाएको बाटो लाग्यौं । घरबाट हिंड्दा आफुलाई र इन्दिराको लागि भनेर ट्रेकिङ्ग लट्ठी गाडिमा राखेको थिएँ तर दिमागले काम दिएन छ, गाडिबाट निकाल्नै बिर्सियो । करिब १५–२० मिनेट हिंडिसकेपछि पो लठ्ठी सम्झीयो । त्यो चढेको उकालो फर्किने आँट आएन र त्यतै वनमा भेटिएको लठ्ठी बोकेर हिंड्यौं ।
डोल्लु वन उपभोक्ता समितिले तयार पारेको प्रवेशद्वारबाट करिब १५ मिनेट तर्सो उकालो हिंडेपछि त्यस्तै अर्को १५ मिनेट जति तेर्सो ओरालो झरेपछि चम्पादेवी डाँडाको फेदीमा पुगिन्छ । त्यहाँबाट माथि डाँडामा चम्पादेवी मन्दिर वरिपरि ध्वजापताका झुण्डाइएको देखिएपछि चम्पादेवी मन्दिर त्यही नै हो भनेर सबैैले अनुमान लगाउछन् । त्यो टोपी खस्ने उकालो देखेपछि म अलि असमन्जसमा पुग्छु के म त्यहाँ जान सकुँला ? भनेर । अनि इन्दिरालाई हामी यतै वसौं अरु जो जो जान सक्नुहुन्छ जानुहुन्छ, खै मलाई आँट आउला जस्तो छैन” भनें । रक्तचाप अलि कम भरहेकोले आजकल मेरो स्वास्थ्य स्थिति अलि प्रतिकूल भएको थियो । त्यसदिन पनि १–२ चोटी अलि रिङ्गटा पनि लागेको थियो । त्यसैले माथि चढ्न अलि हिच्किचाएको थिएँ । तर इन्दिरालाई र अरु कसैलाई पनि आफ्नो स्थिाति चाहिँ नवताई जान सकिंदैन कि मात्र भनेको थिएँ । “हैन यहाँ सम्म आइसकेपछि नजाने कुरा पनि हुन्छ, विस्तारै जानुपर्छ सकिन्छ” भनेर इन्दिरा कराउन थालिन् अरु साथीहरू पनि सबैै सकिन्छ, सकिन्छ हिंड्नोस भन्न थाले । ढुङ्गा छापेको सिंढी कतै कतै त झण्डै ८० डिग्रीको ठाडो नत्र लगभग ६० डिग्रिको उकालो विस्तार विस्तार वस्तै वस्तै जानथाल्यौं । कतै रोकिएर चक्लेट खाने कतै इनर्जीबार कतै अम्बा खाँदै खाँदै झण्डै अढाई घण्टामा हामी चम्पादेवी मन्दिर पुग्यौं ।
धार्मिक महत्व वोकेको त्यो चम्पादेवी मन्दिर रहेको रमणीय स्थानमा पुग्नासाथ त्यो अढाइ घण्टा हिंडेको उकालोको थकान एकैचोटी मेटिएर एउटा वेग्लै अलौकिक आनन्द भएको महसुस भयो । समुद्री सतहबाट २२८० मिटर उचाइमा रहेको चम्पादेवी मन्दिर वरिपरि १३७.८ हेक्टर क्षेत्रफलमा फैलिएको यस वन क्षेत्रलाई चम्पादेवी डाँडा भनिन्छ । धार्मिक सांस्कृतिक महत्त्व भएको यो चम्पादेवी मन्दिर वलम्बुबाट १० किलोमिटर दक्षिणमा रहेको छ । काठमाडौं उपत्यकामा रहेको अग्ला डाँडाहरूमध्ये चौथो अग्लो डाँडामा यो चम्पादेवी पर्दछ । पहिलो फुलचोकी २७६२ मिटर, दोश्रो शिवपुरी २७३२ मिटर, तेश्रो चन्द्रागिरी २५५१ मिटर र यो चौथो चम्पादेवी २२८० मिटर उचाइमा रहेका छ । यो चम्पादेवी डांडालाई ध्यन्चो पनि भन्ने गर्छन् । स्थानीय व्यक्तिहरूको भनाइ अनुसार यस डाँडामा चम्पाफुल (जस्मिन पूmल) बढी फुल्ने भएकोले यस मन्दिरको नाम पनि चम्पादेवी रहन गएको हो ।
चम्पादेवी डाँडाको बारेमा एउटा किम्वदन्ती पनि प्रख्यात रहेछ । किम्वदन्ती अनुसार “परापूर्वकालमा मञ्जुश्री स्वयम्भू आउँदा आफ्नो साथमा आफ्नी दुइवटी श्रीमती लिएर आएका थिए रे । एउटीको नाम मर्ददेवी अर्थात् केशनी थियो । केशनीलाई लक्ष्मी पनि भनिन्छ रे । अर्कीको नाम उपकेशनी अर्थात् सरस्वती थियो रे । त्यतिवेला काठमाडौं उपत्यका जलमग्न भएको कारण मञ्जुश्रीले आफ्नी जेठी श्रीमती केशनीलाई पुल्चोकी डाँडामा र कान्छी श्रीमती उपकेशनीलाई चम्पादेवी डाँडामा राखेर चोभारको डाँडामा खड्गले काटेर पानी पठाई उपत्यकामा बस्ती वसाएका थिए रे ।
त्यस्तै अर्को जनश्रुती अनुसार लामो समय पानी नपरेर खडेरी परेका बेलामा डाँडामा गएर विशेष पूजाआजा गरेर पानी माग्ने पनि प्रचलन रहेको छ रे । डोल्लु क्षेत्रका स्थानीय वासिन्दाका अनुसार टोदहको पानी बोकेर चम्पादेवी मन्दिर पु¥याएर पानी मागेको अवस्थामा त्यही दिन पानी पर्ने गर्छ, त्यसैले यहाँको धार्मिक विशिष्टता मानिन्छ ।
होचा पर्खालले तीनतीर घेरिएको चम्पादेवी मन्दिरमा बुद्धको स्तुपा लगायत देवीको शिर अनि एउटा प्रस्तर रहेको छ । त्यहाँ दर्शनार्थीहरूले चढाएका दान दक्षिणाहरू र अन्य सौभाग्यका सामाग्रीहरू त्यसै असरल्ल छरिएर रहेको छ । भेटीहरू कसैले सङ्कलन गर्दा रहेनछन् कि ? अनि सायद धार्मिक आस्थाका कारण कसैले लग्दा पनि रहेनछन् कि ? त्यहाँ कुनै वस्ती नभएका कारण त्यहाँ चढाइएका भेटीहरू सुरक्षित रहेका हुन् कि ? यी बारेमा जान्ने हाम्रो कौतुहल त्यत्तिकै रह्यो, किनकि त्यहाँ हामी जस्तै दर्शनार्थी या पदयात्री बाहेक अरु कोही थिएन । मन्दिरमा गएर दर्शन गरेमा आपूmले इच्छा गरेको पुग्छ भन्ने जनविश्वास रहेको यो मन्दिरमा सायद नीत्य पूजा हुँदैन जस्तो छ, त्यसैले त्यहाँ कोही पुजारी पनि देखिएनन् ।
सुने अनुसार चम्पादेवी क्षेत्रमा वैशाख १ गते र मङ्सिर पूर्णिमाको दिनमा चाहिँ ठूलो मेला लाग्ने गर्छ रे । मौसम सफा भएको वेलामा चम्पादेवी डाँडाबाट सगरमाथा लगायत अन्नपूर्ण, मनास्लु, गणेश र लाङ्टाङ् हिमाल देखिन्छ रे । हामीले चाहिँ त्यहाँबाट हाम्रो घर नजिकको जगडोल डाँडा, बौद्ध स्तुपा र हायात होटल, धरहरा प्रष्टैसँग देख्यौं भने चम्पादेवी डाँडाबाट दायाँ पटि पूmलचोकी डाँडा र बाँयापटि चन्द्रागिरी डाँडा प्रस्टै देख्यौ । हाम्रो समुहमा जाने सविता पौडेल जो यो समेत तेश्रो चोटी चम्पादेवी पुगेको थिइन् उनको अनुसार त्यहाँबाट करिब आधा घण्टा पैदल हिँडेपछि भष्मेश्वर डाँडा पुगिन्छ रे चम्पादेवी डाँडाभन्दा पनि भष्मेश्वर डाँडा अझ अग्लो भएकोले त्यहाँबाट काठमाडौं उपत्यका पुरै देखिनुका साथै हिमश्रृंखला लगायत पहाडहरू एउटै धागोमा उनेका माला जस्तै चटक्कै मिलेको देखिन्छ रे । तर थकानका कारण भष्मेश्वर जाने आँट हामी कसैले गर्न सकेनौं ।
“आँ, म त घर नगएर यतै वसौं की जस्तो लाग्यो” बद्री पौडेल त्यहाँको प्राकृतिक अनुपम सुन्दरतासँग मोहित हुँदै भन्छन् । जवाफमा दिपक रेग्मी भन्छन्– “अँ अनी मेरा बुढालाई कहाँ छाडेर आयौ ? भन्दै लक्ष्मी भाउजुले हाम्रो कठालो समाउन आउनेत हैन ?” यस्तै हँसी मजाकका गफ गर्दै मन्दिरमा कति छिटो १ घण्टा बितेर थकाइ मरेको पत्तै भएन ।
मन्दिरबाट अलि पश्चिम पट्टी रहेको जङ्गलमा बसेर साथमा लगेको खानेकुरा खाँदै रमाइला ठट्टा गर्दै कतिखेर समय बित्यो पत्तै चलेन । त्यहाँबाट हरियो घना जङ्गलले घेरिएको रुखका टुप्पामा चिरवीर चिरविर गरेका चराहरूको चिरचिराहट सुन्दै प्रकृतिको काखमा लुटपुटिँदै चम्पादेवी यात्राको अविश्मरणीय सम्झनाका छाप मनमा टास्दै हाम्रो समुह आफ्ना सवारी साधन छाडेको ठाउँ हात्तिवन रिसोर्टतर्फ लाग्यौँ ।
फेदीमा आइपुगेपछि चम्पादेवी माई, अब दोहो¥याएर नबोलाउनु होला है, आउन कठिन रहेछ, सारै गारो भयो ।”
उनको यो भनाइ सुनेर सबैैजना एकपटक दिल खोलेर हाँसे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।