किर्तिपुर नगरपालिकामा चुनावी माहोल तात्यो,कस्तो थियो २०७९ को मत परिणाम ?

किर्तिपुर नगरपालिकामा चुनावी माहोल तात्यो,कस्तो थियो २०७९ को मत परिणाम ?

कपन अनलाइन
काठमाडौं, कात्तिक २८।

किर्तिपुर नगरपालिकामा चुनावी माहोल तातेको छ।नगर प्रमुख सहित दुई वडा अध्यक्ष पदका लागि हुन् लागेको निर्वाचनमा राजनीतिक दलहरुले उम्मेदवार चयन गर्दै प्रचार प्रसारको कामलाई निकै तीव्रता दिएका छन।

किर्तिपुर नगरपालिकामा नगर प्रमुख सहित वडा नं १ र ४ मा उपनिर्वाचन हुन् लागेको छ। हाल सम्म नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार तय गरेर प्रचार प्रसारको अभियानलाई अगाडी बढाएका छन भने केहि स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा होमिएका छन ।

यस नगरपालिकामा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी बिजयी बनेका थिए भने नेकपा एमालेका केश रत्न बज्राचार्य दोश्रो र नेकपा माओवादी केन्द्रका प्रा डा शिव शरण महर्जनले तेश्रो स्थान प्राप्त गरेका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले ९०४३ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवारले ५५०७ मत प्राप्त गरेका थिए। त्यस्तै उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४०९० मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ११५३ मत प्राप्त गरेका थिए।

रास्ट्रीय प्रजातन्त्र पार्टीका उम्मेदवारले ५७२ मत प्राप्त गरेको सो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले ५३२ र स्वतन्त्र उम्मेदवारले ३६५ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।