बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को भवन निर्माण तीव्र

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को भवन निर्माण तीव्र

कपन अनलाइन
काठमाडौं, कात्तिक ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को भवन निर्माण कार्यले तीव्रता पाएको छ। वडा नं १२ को खरिबोट नजिक निर्माण भैरहेको सो वडा कार्यालय भवनको पहिलो तल्ला ढलान भएको छ।

२०८० साल चैत ७ गते सम्झौता भएर निर्माण सुरु भएको सो भवन निर्माण कार्य २०८२ साल असोज ७ गते सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको छ।

कुल लागत ३ करोड ५९ लाख २२ हजार ३४३ रुपैया ९ पैसा रहेको सो भवन निर्माण कार्यको ठेक्का काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको मांगमालुंगमा / सक्षम एण्ड प्रिन्सा जेभीले प्राप्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।