गोकर्णेश्वरमा एक व्यक्तिको हत्या आरोपमा बुढानिलकण्ठ-१० का दुई सहित तिन जना पक्राउ

गोकर्णेश्वरमा एक व्यक्तिको हत्या आरोपमा बुढानिलकण्ठ-१० का दुई सहित तिन जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
गोकर्णेश्वर न.पा. वडा न. ६ नयाँबस्ती लस लाईट स्कुल नजिक एक व्यक्तिलाई अचेत हुनेगरी कुटपिट गरेर हत्या गरेको आरोपमा बुढानिलकण्ठ-१० का दुई सहित तिन जना पक्राउ परेका छन।
असोज २९ गते करिव ३.२० बजेको समयमा   गोकर्णेश्वर न.पा. वडा न. ६ नयाँबस्ती लस लाईट स्कुल नजिक सार्वजनिक स्थानमा  सुर्खेत लेकबेशी गा.पा.वडा नं. २ स्थायी वतन भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ मा बसोबास गर्दै आएका बर्ष ४३ का  होम बहादुर फौजामगरलाई  शरीरमा घाउ चोट भई अचेत अवस्थामा प्रहरीले भेटेको थियो।
 सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारार्थ नारायणटार स्थित शंखरापुर अस्पतालमा पठाईएकोमा  उपचारमा संलग्न चिकित्सकहरुले घाईते होम बहादुर फौजामगरलाई मृत घोषणा गरेका थिए।
 जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरी टोलीले उनको हत्यामा संलग्न रहेको आरोपमा  पाँचथर तुम्लिङ गा.पा. वडा न ५ स्थायी वतन भई हाल बुढानीलकण्ठ – १० कपन बालुवाखानी बस्ने बर्ष ३८ को अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा न. ६ स्थायी घर भई हाल बुढानिलकण्ठ –  १० कपन बस्ने बर्ष ३५ को भुवन श्रेष्ठ र  ईलाम माई न.पा. वडा न २ स्थायी घर भई हाल  गोकर्णेश्वर-न. ६ नयाँबस्ती बस्ने बर्ष २७ की बिमला भट्टराईलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ।
तपाइँको प्रतिक्रिया ।