अजल, सिताराम र पदम सम्मानित

अजल, सिताराम र पदम सम्मानित

कपन अनलाइन
काठमाडौं, असोज १६।
नेपाल पौडी संघको आयोजनामा १२ औ एनएसए पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कुल ७० स्पर्धामा २८३ खेलाडी सहभागी थिए । प्रतियोगितामा अजलकाजी श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडी घोषित भए । यस वापत उनले २५ हजार रुपैयाँ प्राप्त गरे । ताम्राकारले ५० मिटर फ्रिस्टाइलमा आफ्नो नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
प्रतियोगिताको समापनको अवसरमा नेपालको तर्फबाट ओलम्पिकमा सहभागिता जनाउने पौडीवाज सिताराम शाहीलाई २५ हजार रुपैयाँ सहित सम्मान गरियो । शाहीले सन् १९९६ मा एटलान्टामा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए ।
सोही कार्यक्रममा नेपालका सिनियर लाइफ गार्ड पदमजंग शाहलाई पनि सम्मान गरियो । नेपाली पौडीमा गरेको योगदान गरे कदर गर्दै सम्मान गरिएको नेपाल पौडी संघले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।