रुम्जाटार गुरुङ सेवा समाजको आयोजनामा प्रथम फुटसल कप -२०८१ सम्पन्न

रुम्जाटार गुरुङ सेवा समाजको आयोजनामा प्रथम फुटसल कप -२०८१ सम्पन्न

कपन अनलाइन
काठमाडौं, असोज १२।

रुम्जाटार गुरुङ सेवा समाजको आयोजनामा प्रथम फुटसल कप -२०८१ सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कप अन फुट्सल सेन्टरमा भएको सो प्रतियोगितामा ११ टिम सहभागी रहेका थिए।

सो प्रतियोगितामा रुम्जाटार गुरुङ्ग समाज युवा समूहले प्रथम स्थान हासिल गरेको थियो भने खोटाङ्ग गुरुङ्ग-तमु समाज टिम B ले दोश्रो स्थान प्राप्त गरेको थियो।

गुरुङ्ग कल्याणकारी संघ ,कपनले तेश्रो स्थान प्राप्त गएको उक्त प्रतियोगितामा रुम्जाटार गुरुङ्ग समाज युवा समुहका  नकुल गुरुङ्ग उत्कृस्ट खेलाडी बन्न सफल भएका थिए।

त्यस्तै  रुम्जाटार गुरुङ्ग समाज युवा समुहका सनम गुरुङ उत्कृस्ट गोलरक्षक बनेको सो प्रतियोगितामा खोटाङ्ग गुरुङ्ग-तमु समाज टिम” B”White का  सङ्गम गुरुङ्ग सर्वाधिक  गोलकर्ता बनेका थिए।

कोशी प्रदेसका पुर्व मन्त्रि अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यता र रुम्जाटार गुरुङ समाज खेलकुद परिषदका लक्ष्मी गुरुङको अध्यक्षतामा भएको सो प्रतियोगितामा  खोटाङ्ग गुरुङ्ग तमु समाजका महेश गुरुङ्ग उत्कृस्ट रक्षक बनेका थिए।

 

तपाइँको प्रतिक्रिया ।