बुढानिलकण्ठ नगरपालिकाको कार्यालय काठमाडौँमा कपडा बैंक सञ्चालन गर्ने सम्झौता

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय काठमाडौँमा कपडा बैंक सञ्चालन गर्ने सम्झौता

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय काठमाडौँमा कपडा बैंक सञ्चालन गर्ने भनि सम्झौता भएको छ । बुढानिलकण्ठनगरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपाल बीच कपडा बैंक सञ्चालन गर्ने बिषयमा संझौता भएको हो ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले देशै भरि संचालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर, समाज र टोल सफागर्नुको साथै साच्चिकै आवश्यक ब्यक्तीलाइ कपडा प्रदान गर्नु उत्कृष्ट मानवीय कार्य हुने बिस्वास व्यक्त गर्दै उनले “ आफ्नो घर, टोल रसमाजलाई सफा राखौ ! कोहि कपडा बिहिन नरहून भन्ने मुलमन्त्र लाइ आत्मासाथ् गर्दै पुन्य कार्यमा सहभागी बनौ !!” भन्ने मुलनाराका साथ सुरु हुने यो अभियानले समग्र नगरबासी लगायत देशकै हित हुने विश्वास ब्यक्त ब्यक्त गरे ।

उनले हाल नगरपालिकाको कार्यालय र वडा नं १० को कार्यालय स्थित कपडा संकलन बक्स राखिने र आगामि आर्थिक बर्षमा प्रत्येक वडा कार्यालयमा समेत संचालन गरिने योजना रहेको भन्दै नगरवासीलाई पुरानो लत्ताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्यसामग्री जम्मा गरि आ–आफ्नो घर टोल समाज सफा पनि हुने र पून्यको कार्य पनि हुने हुदा यो कार्यमा सहभागिताका लागि अनुरोधसमेत गरेका छन । प्रयोगमा नआएका लत्ता–कपडा संकलन गरेर पुन प्रशोधन (रि–साइकल) गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने योकार्यक्रममा जोडिन पाउदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल ले निकै खुसि लागेको बताए ।

मानव सेवाकोलागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाटअधिकतम् सेवा लिन सकिने उनले बताए ।

क्लोथ एण्ड फूड बैंक नेपाल का प्रमुख अभियन्ता आभिस्कार खनालले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन भैरहेको र देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न सवैलाइ आव्हान गरे । क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कमल जि.सी. ले क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइबर्षमा देशलाइ कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको बताए ।

अहिले सम्मकरिब १६० स्थानिय सरकार यो अभियानमा जोडिएको सम्झौतामा समारोहमा अध्यक्ष कमल जि.सी. ले जानकारी दिनुका साथैबुढानिलकण्ठ नगरपालिका लाई धन्यवाद ब्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।