विद्यार्थी परिषद्काे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पाेखरामा सम्पन्न

विद्यार्थी परिषद्काे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पाेखरामा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पाेखरामा सम्पन्न भएको छ । देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा पाेखरामा दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनकाे आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।दुई  दिनसम्म चलेको  सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेका थिए । अध्यक्ष घिमिरेले दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको दाबी गरे ।

शुक्रबारबाट पोखराको साइमन पार्टी प्यालेसमा जारी सम्मेलनमा देशभरबाट कानुन पढाई हुने १० वटै विश्वविद्यालयका ८५ जना भन्दाबढी विद्यार्थीहरू सहभागी भएको परिषद् गण्डकी प्रदेश सचिव दिप्सन गुरुङले जानकारी दिएका छन् । साउन २५ र २६ गते सम्म पाेखरामा चल्ने सम्मेलनमा कानुन अध्ययनरत विद्यार्थीहरूकाे वर्तमान अवस्था, समस्या चुनाैती एवम् समाधानकाे मार्गकाे बारेमा व्यापक बहस पश्चात् विशेष प्रस्ताव पारित गरिने, कानुन विद्यार्थीहरूकाे व्यावहारिक सिकाईका लागि प्रयाेगात्मक अभ्यास गर्ने, कानुन विद्यार्थीहरूकाे सामाजिक र राष्ट्रिय भूमिका बारे बहस र अदालतका उच्च अधिकारीहरूसँग अनुभव आदन प्रदान तथा विशेष अन्तरक्रिया गरिने परिषद्ले जनाएको छ । कार्यक्रममा भारतकाे  राष्ट्रिय विधि विश्वविद्यालय एवं २२ ओैँ विधि आयाेगका सदस्य प्रा. डा. राका आर्य, नेपाल बार एसाेसिएसनका अध्यक्ष गाेपालकृष्ण  परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, कानुन आयाम कार्य प्रमुख भानु प्रकाश जाेसी, गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, अधिवक्ता निकेश लम्साल, गण्डकी प्रदेश संगठन सचिव नारायण प्रसाद तिम्सिना, प्रदेश सचिव दिप्सन गुरूङ लगायतका विशिष्ट व्यक्तित्वहरूकाे विशेष उपस्थित रहेको छ ।

तपाइँको प्रतिक्रिया ।