एथलेटिक्स परिवारमा नयाँ कार्यसमिति

एथलेटिक्स परिवारमा नयाँ कार्यसमिति
कपन अनलाइन
काठमाण्डौ ,  साउन १५ ।

एथलेटिक्स परिवार नेपालले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिवारको काठमाडौंमा सम्पन्न साधारण सभाले राजन खत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटि चयन गरेको हो ।
परिवारको उपाध्यक्षहरुमा दिपक कुमार रञ्जीत, रमेश शाक्य, देबी बस्नेत, आशाराम गोठे, महासचिवमा मन्जु श्रेष्ठ, सचिवमा सुन्दर केशर काकी र कोषाध्यक्षमा चन्द्र कुमार थापा चयन भएका छन् । सदस्यहरुमा प्रेम महत, देव महर्जन, बाबुराजा श्रेष्ठ, कमला बानियां, श्रीकृष्ण महर्जन, सुरेन्द्र ग्वांछा, सपना आचार्य, साबित्री बस्नेत र सुनिता कुमारी योञ्जन निर्वाचित भएका छन् ।

साधारण सभाको अवसरमा परिवारले आफनो बार्षिक कार्यक्रम सार्वजनिक गर्दै २०८१ कार्तिक १० गते अन्तर नगर ÷गाउपालिका राष्ट्रिय क्रसकन्ट्री दौड, मंसिर अन्तिम साता राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट र चैत्र महिनामा राष्ट्रिय खुल्ला मिक्स रिले रन आयोजना गर्ने भएको छ ।

कीर्तिमानी धावक बैकुन्ठ मानन्धरले उद्घाटन गरेको साधारण सभामा गत आर्थिक वर्षमा उत्कृष्ट खेल प्रर्दशन गर्ने महिलातर्पm सन्तोषी श्रेष्ठ र पुरुषतर्पm दिपक अधिकारी र प्रशिक्षकमा धनिराम चौधरीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय भेट्रान एथलेटिक्स प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरु बुद्धबीर लामा, पुष्पलाल श्रेष्ठ, धर्म महर्जन, दिपक कुमार रन्जीत, रैवत कुमार दाहाल र लाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।