पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा भएको वक्तृत्वकलामा केशव पहिलो

पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा भएको  वक्तृत्वकलामा केशव पहिलो

कपन अनलाइन

काठमाण्डौ ,साउन १४ ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा आइतबार भएको ‘शान्ति र समृद्धिमा खेलकुदको भुमिका’ शीर्षकको वक्तृत्व कला प्रतिस्पर्धामा केशव काफ्ले पहिलो भएका छन् । यस्तै आयुष्मा गौत्तम दोस्रो र प्रेरणा बटाला तेस्रो भए ।
सुनिता तामाङ र स्वस्तिका दुलालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धामा १५ स्कुलका २१ विद्यार्थीको सहभागिता थियो । पेरिस ओलम्पिक २०२४ आयोजना भइरहेको अवसरमा यो वक्तृत्व कला प्रतिस्पर्धा आयोजना भएको हो ।
पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा यस्तो प्रतिस्पर्धाको आयोजना भएको यो पहिलो पटक हो । पहिलो हुनले १२ हजार रुपैंया नगद पुस्कार प्राप्त गरे । यस्तै दोस्रोलाई आठ हजा र तेस्रोलाई पाँच हजार रुपैंया प्रदान गरिएको थियो ।
सान्त्वना स्थानमा रहने दुवैलाई दुई दुई हजार रुपैंया दिइएको थियो । कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रमको समापन समारोहमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले पुस्तकार तथा प्रमाणपत्र प्रदान गरे । 

तपाइँको प्रतिक्रिया ।