आजको मौसम :बागमती र लुम्बिनी प्रदेशका केही भेगमा शुक्रवार बिहानैदेखि भारी वर्षा

आजको मौसम :बागमती र लुम्बिनी प्रदेशका केही भेगमा शुक्रवार बिहानैदेखि भारी वर्षा

कपन अनलाइन
काठमाडौं, साउन ४।

मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै बागमती र लुम्बिनी प्रदेशका केही भेगमा शुक्रवार बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

विभागले शुक्रवार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।