प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा नेपालको सेन्ट लरेन्स कलेज दोश्रो

प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा नेपालको सेन्ट लरेन्स कलेज दोश्रो

कपन अनलाइन

काठमाण्डौ,असार २८।

नेपालको सेन्ट लरेन्स स्कुल प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । महिला टोली दोश्रो भएको हो ।
नेपाल टार्गेटबल संघ तथा अन्तर्राष्ट्रिय टार्गेटबल महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिलामा बंगलादेशले उपाधि जित्यो भने भारत तेश्रो भयो । पुरुषमा पनि बंगलादेशले उपाधि हात पा¥यो । भारत दोश्रो तथा पाकिस्तान तेश्रो भए ।
विजेतालाई अन्तर्राष्ट्रिय टार्गेटबल महासंघका अध्यक्ष सोनु शर्मा, सेन्ट लरेन्स स्कुल÷कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चावहिलको डाउनटाउनमा भएको तीनदिने प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।