नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा टिका नारायण श्रेष्ठ ( टिकेश ) को उम्मेद्वारी

नेकपा  एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा टिका नारायण श्रेष्ठ ( टिकेश ) को उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा टिका नारायण श्रेष्ठ ( टिकेश ) ले  उम्मेद्वारी दिएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी नेवार  जनजाती क्लस्टरमा जिल्ला सदस्य पदको उम्मेद्वारी दिएका श्रेष्ठ लामो समयदेखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कमिटीका अध्यक्ष समेत रहिसकेका  श्रेष्ठले आज हुने निर्वाचनमा   उम्मेद्वारी दिएका हुन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा निर्वाचित भएका युवा जनप्रतिनिधि श्रेष्ठले युवा संघ नेपालको प्रारम्भिक तह देखि केन्द्रीय सदस्य सम्मको जिम्मेवारी बहन गरेका छन।

तपाइँको प्रतिक्रिया ।