सप्तदेव साकोसले करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गर्यो

सप्तदेव साकोसले करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गर्यो

कपन अनलाइन
काठमाडौं, जेठ २०।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित सप्तदेव बचत तथा ऋण सहकारी संस्थाले आप्mनो कार्यक्षेत्रमा रहेका एसइइ परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरेर करियर काउन्सिलिङ, मोटिभेसन र बचत तथा लगानी शीर्षकमा कार्यक्रम सम्पन्न गरेको छ ।

जेठ १९ गते शनिवार सम्पन्न उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाअध्यक्ष नवराज भट्टराईले गरेका थिए । संस्थाका उपाध्यक्ष कुमार पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बचत तथा लगानी सेसनको सहजीकरण नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गरेका थिए।

मोटिभेसन सेसनको सहजीकरण नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले र करियर काउन्सिलिङ सेसनको सहजीकरण उज्ज्वल कुमार निरौलाले गरेका थिए  ।

संस्थाका सचिव कृष्णप्रसाद भट्टराईको संचालनमा सम्पन्न २५० भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रमको संयोजन संस्थाका ऋण असुली उपसमिति सदस्य अजय कुइकेलले गरेका थिए  भने व्यवस्थापक पुरुषोत्तम नेपालले संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिएयो । वडा नं. १२ वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई लगायत अतिथि रहेको उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले सहकार्य गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।