रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ७।

चावहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिता गर्ने भएको छ । विगत चार वर्षदेखि संचालन हुदै आएको यस प्रतिष्ठित प्रतियोगिता २०८० सालको SEE दिएर बसेका भाइबहिनीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल रविन्द्रजंग थापाले जानकारी दिएका छन ।

यस प्रतियोगितामा २०८१ साल जेष्ठ ७ गतेदेखि असार १० गतेसम्म देशै भरिका SEE दिएर बसेका विद्यार्थीहरुले “विकासको आधार : सिप, प्रविधि र पूर्वाधार”( The Base for Education : Skill Technology and Infrastructure ) शीर्षकमा ३०० शब्द नबढाई नेपाली वा अंग्रेजी भाषा मध्ये एकमा आफ्नो निबन्ध पठाउन सक्नेछन् । निबन्ध पठाउने gmail ठेगाना  [email protected] रहेको छ । निबन्ध कलेजको Front Desk मा आफैं आएर वा अरु कसै मार्फत समेत पठाउन सकिनेसमेत प्रिन्सिपल थापाले बताए  ।

प्रतियोगितामा सहभागी मध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद,ठूलो मात्रामा छात्रवृत्ति,प्रमाण पत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक  वीरेन्द्रकुमार मेहताले जानकारी दिएका छन।

देशैभरिबाट संकलन हुने निबन्ध मध्ये प्रथम हुने एकजनालाई रु. १५००० नगद, कक्षा ११ को भर्नामा १००% छुट, १२ महिनाकै मासिक किस्ता छुट गरिने छ । द्वितीय हुने एकजनालाई नगद रु.१०००० कक्षा ११ को भर्नामा १००% छुट, ९ महिनाको मासिक किस्ता छुट गरिने छ । तृतीय हुने एक जनालाई कक्षा ११ को भर्नामा १००% छुट, ६ महिनाको मासिक किस्ता छुट गरिने छ । साथै सान्त्वना हुने १० जनालाई कक्षा ११ को भर्नामा ५०% छुट, २ महिनाको मासिक किस्ता छुट गरिने छ । त्यसका अलावा १३ जनालाई नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरुबाट सम्मान गरिनेसमेत शैक्षिक निर्देशक मेहताले जानकारी दिए  ।

सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र SEE दिएर बसेका विद्यार्थीहरुलाई उनीहरुको लेखन एवं सृजनात्मक कलालाई उजागर गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गरिने यो राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिता आफैंमा एउटा उत्कृष्ट अभियान रहेको र यसको नतिजा प्रकाशन २०८१ साल असार २० गते कलेजको आधिकारिक Facebook   पेजमा प्रकाशन गरिने छ ।

विजेता विद्यार्थीहरुलाई कलेजको सभाहलमा भव्य पुरस्कार वितरण कार्यक्रम आयोजना गरी पु्रस्कारहरु प्रदान गरिने छ । साथै विजेता विद्यार्थीले आफ्नो पुरस्कार लिन जाँदा SEE को प्रवेश पत्रको प्र्रतितिपि अनिवार्य रुपमा कलेजमा बुझाउनु पर्ने समेत कलेजका ECA/CCA संयोजक गोविन्द ढकालले जानकारी दिएका छन ।

विगत तिन श्रृङ्खला अत्यन्त सफलताका साथ सम्पन्न भएको यो राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिताको प्रथम संस्करणको विजेता Montessori Secondary School इलामकी आस्था ढकाल रहेकी थिइन् भने द्वितीय संस्करणको विजताShree Baruneshwor Secondary School   ओखलढुङ्गाकी सामना खतिवडा रहेकी थिइन् त्यस्तै गत वर्षको तृतीय संस्करणको विजेताको रुपमा Laliguras English Secondary School ओखलढुङ्गाकै रोहन खतिवडा रहेको कलेज प्रशासनले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।