जापानका मेयर नगरपालिकामा,जिवनको अन्तिम समय पावन बुढानिलकण्ठमा बिताउने इच्छा …..

जापानका मेयर नगरपालिकामा,जिवनको अन्तिम समय पावन बुढानिलकण्ठमा बिताउने इच्छा …..

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

जापानको ओईजुमी नगरपालिकाका मेयर मुरायामाले बुढानीलकण्ठ नगरपालिकाको भ्रमण गरेका छन ।नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा बोल्दै  मेयर मुरायामाले जिवनको अन्तिम समय बुढानिलकण्ठमा बिताउने इच्छा समेत ब्यक्त गरेका थिए।

मेयर तोसिआकी सहित उनका स्वकिय सचिव ताकोई सिहायुकी, उक्त नगरपालिकाका बहुसाँस्कृतिक विभाग प्रवन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावालाई नगर प्रमुख मिठाराम अधिकारीले स्वागत गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिका र ओईजुमी नगरपालिका विच विस्तार भएको भगिनी सम्बन्ध विस्तार गर्ने उद्देश्य सहित नेपाल साझा समाज जापानको समन्वयमा उनि हरु नगरपालिका आएका थिए।

बुढानीलकण्ठ नगरपालिका अनिता लामाले स्वागत मन्त्वय राख्नदै गरपालिकाको भौगोलिक बनावट, साँस्कृतिक विविधता र यहाँका सम्भावना र चुनौतीको विषयमा जानकारी गराउनुभयो ।

नगर प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले श्रमिक सुचीकरण, स्वास्थ्य बीमा, १० कक्षा सम्मका विद्यार्थीहरुलाई निःशूल्क दिवा खाजा, खोला सरसफाई अभियान, सामुदायिक जनावर व्यवस्थापन, कृषिका प्राविधिक औजार वितरण, र विभिन्न साँसकृतिक तथा खेलकुद महोत्सव र उत्सव जस्ता नगरपालिकामा विगत २ वर्ष यता संचालन भईरहेका विकासका उत्कृष्ठ अभ्यासहरुबारे जानकारी दिएका थिए ।

कार्यक्रममा  नगर प्रमुख मिठाराम अधिकारीले ३ महिना अघिको जापान भ्रमण उत्तिकै फलदाई भएको अनुभव सुनाउँदै दुई नगरपालिका विचको भगिनी सम्बन्ध कायम राख्न सधै साथ र सहयोग रहने प्रतिवद्धता  व्यक्त गरेका थिए।

सो  कार्यक्रममा जापानका प्रतिनिधि सहित सहकार्य भुमिकामा रहेको नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन, सल्लाहकार रन्जय अमात्य, महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेलको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।